पार्टीको बैठक भन्दा जनतासँग जाने कुरा मुख्य होः प्रचण्ड



चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको समयमा पार्टीका राजनीतिक गतिविधि र अन्य विवादले कोरोना र प्रकोप बिरुद्धको संघर्ष कमजोर वनाउन नहुने बताएका छन् । जिल्ला विपद व्यवस्थापन समिति चितवनको बैठकलाई आइतबार भरतपुरमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रकोप बिरुद्धको संघर्षमा एक जुट भएर गर्नुपर्ने बताएका हुन् ।

अहिले वाढी पहिरोको उच्च जोखिम भएको भन्दै प्रचण्डले नेकपाले आफ्नो बैठक एक साताका लागि स्थगित गरेर जनताको माझमा आफूहरु आएको बताए । उनले भने, ‘बाढी पहिरोको उच्च जोखिममा छ । यस्तो वेलामा पार्टीका राजनैतिक गतिविधि र अन्य विवादले यो एकता कमजोर नहोस् ।’

पार्टीको बैठक भन्दा जनतासंग जाने कुरा मुख्य हो भनेर आफूहरुले बैठक रोकेको बताए । कोरोना र बिपद विरुद्धको संघर्षमा एकतानै मुख्य कुरा भएको उनको भनाई थियो । प्रचण्डले भने, ‘एकतालाई कमजोर पार्ने काम कहीँ कतैबाट भयो भने त्यो जनताको पक्षको काम भन्ने ठहरिँदैंन ।’ पार्टी एकताको पक्षमा उठेका बिषयमा भईरहेको पहललाई सकारात्क रुपमा लिदैं प्रचण्डले भने, ‘म यसमा पनि तपाईहरुको पहल भैराखेको छ । त्यसका लागि धन्यवाद ।’आगामी दिनमा अझै दृढताका साथ एकतावद्ध भएर अगाडि वढ्न उनले आग्रह गरे ।
कोरोना क्षयरोग जस्तै गरि लामो समय रहन सक्ने भन्दै उनले हामी कोरोना संगै हिड्ने र संगै बाँच्न सिक्नु पर्ने बताए । दुई चार दिन ढिलो, छिटो खोप पत्ता लाग्ने भन्दै उनले उच्च मनोवल भएपछि रोगसंग लड्न सकिने बताए ।

प्रचण्डले चितवनका राप्ती, नारायणी र रिउ नदीमा तटवन्ध सहितको रिङ्गरोड निर्माणका लागि बिस्तृत अध्ययन प्रतिवेदन वनेर अर्थ मन्त्रालयमा बजेटका लागि पेस भएको बताए । यस संगै यस क्षेत्रको विकासमा नयाँ आयाम आउने उनको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मौद्रिक नीतिले बजारमा समर्थन र स्वागत मिल्नु राम्रो कुरा होः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकद्वारा शुक्रबार सार्वजनिक मौद्रिक नीतिले

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरुले लिए शपथ

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरुले लि काठमाडौँ । राष्ट्रिय योजना आयोगका नवनियुक्त

कोशी प्रदेश सरकारमा सहभागी माओवादी मन्त्रीले दिए राजीनामा

विराटनगर । कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ । शुक्रबार सरकारमा

राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद् उपाध्यक्षमा नेपाल निर्वाचित

कठमाडौँ । नेपाल संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद्(इकोसक)को एसिया–प्रशान्त क्षेत्रको उपाध्यक्ष निर्वाचित