सलह फेरि नेपाल आउन सक्ने



काठमाडौं । प्लान्ट क्वरिन्टाईन तथा विषादी व्यवस्थापन केन्द्रले भारतबाट फेरि सलह नेपाल प्रवेश गर्न सक्ने भएकाले सतर्क हुन आग्रह गरेको छ । केन्द्रले पानी परेको बेला तथा रातीमा चलायमान नहुने भएको भएता पनि हावाको बहावसँगै स्थानान्तरण गर्न सक्ने भएकोले उक्त झुण्डहरु नेपाल प्रवेश गर्न सक्ने सम्भावना रहेको जनाएको छ ।

अनुकुल मौसम भएको अवस्थामा राजस्थानको मरुभूमी (पश्चिम) तर्फ जानुपर्ने यी परिपक्व हुँदै गरेका झुण्डहरु हावाको बहावसँगै पूर्वतर्फ लाग्न सक्ने सम्भावना देखिएको उल्लेख गरेको छ ।

सलहको सम्भावित प्रकोप र व्यवस्थापनका लागि प्लान्ट क्वरिन्टाईन तथा

विषादी व्यवस्थापन केन्द्रको सुझाव 

भारतको राजस्थान लगायतका विभिन्न स्थानमा रहेका सलहका झुण्डका केही अंशहरु अम्फान आँधीपछिको पश्चिमी वायुको सहारामा मध्य प्रदेश र महाराष्ट्रको पूर्वी भाग हुँदै उत्तर प्रदेश र विहारमा प्रवेश गरेका थिए । आषाढ ११ र १२ गते हावाको बहावमा एकाएक आएको परिवर्तनका कारण मनसुनको शुरुआत भैसकेपछि पनि हावाको वहाव दक्षिणबाट उत्तर पूवतर्फ मोडिएकोले भारततर्फका सिमावर्ती जिल्लाहरु र्सलाही, बारा, पर्सा, रौतहट, मकवानपुर, रुपन्देहीमा आषाढ १३ गते बिहान भारतको प्रतावगढ तथा वाराणसी आसपासमा आइपुगेको सलहको झुण्डबाट छुट्टएिर आएका केहि सलहहरु र आषाढ १४ गते लखनउ नजिक बाँसी जिल्लामा आइपुगेको सलहको झुण्डबाट छुट्टएिर आएको केही भाग कपिलवस्तुको बुद्धभूमि तथा कपिलवस्तु नगरपालिकामा र आषाढ १५ गते भारतको सोहरतगढमा देखा परेको झुण्डको केही अंश रुपन्देही तथा सोही झुण्डको भारतको उत्तराखण्डतर्फ जाने क्रममा कैलाली तथा डडेल्धुराबाट समेत नेपालको भूभागमा प्रवेश गरेको थियो ।

उक्त सलहको झुण्डहरु छरिएका र कम संख्यामा भएका र मौसम अनुकुल नभएकाले तुलनात्मक कम नोक्सानी गरेको देखिएको छ । हावाको वहावसँगै उक्त झुण्डका अंशहरु तराई र मध्यपहाडका विभिन्न जिल्लाहरु विशेषगरी सिन्धुली, मकवानपुर, चितवन, रुपन्देही, कपिलवस्तु, पाल्पा, स्याङ्गजा, दाङ्ग, प्यूठान, रोल्पा, कास्की, कैलाली, डडेल्धुरा लगायतका जिल्लाहरुमा केही हजार देखि केही लाख सम्मको संख्यामा देखापरेको र हाल उक्त झुण्डका सलहहरुको उपस्थिति नरहेको अवस्था छ ।

संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनका अनुसार अफ्रिकाको बिशेष गरी सोमालियामा बसन्त ऋतुमा तयार भएका सलहका झुण्डहरु गर्मीयामको बंशवृद्धिका लागि भारत तथा पाकिस्तानतर्फ सर्ने प्रक्षेपण गरिएको छ । भारत पाकिस्तानको सीमाक्षेत्रमा बसन्त ऋतुमा तयार भएका सलहका झुण्डहरु भारतका पूर्वी तथा उत्तरी राज्यहरु हुँदै नेपालसम्म आइपुगेकोमा मनसुनको शुरुआत पछि राजस्थानतर्फ फर्किने प्रक्षेपण गरिएको छ ।

यी झुण्डहरु इरान तथा पाकिस्तान र अफ्रिकाबाट आएका झुण्डहरुमा मिसीइ राजस्थान र उत्तरी गुजरातमा बंशवृद्घि गरेर जुलाइको अन्ततिर फेरि नयाँ पुस्ताका झुण्डहरु तयार हुन सक्ने प्रक्षेपण गरिएको छ । यसमध्ये केही सलहका झुण्डहरु नेपालका समथर भूभाग र केही पहाडी क्षेत्रहरुसम्म पनि पुग्न सक्ने पूर्वानुमान एफ ए ओ को रहेको छ ।

पछिल्लो विवरण अनुसार हाल भारतको जयपुर र आग्राको बिचमा धौषा भन्ने स्थानमा रहेका ५ वटा सलहका झुण्डहरु करिब ५२५ हेक्टर क्षेत्रफल साइजका रहेका देखिन्छ । यी झुण्डहरु हावाको बहावसँगै उत्तर पूर्वतर्फ गंगानगर, ग्वालीयर हुँदै ३ दिनमा अल्लाहबाद सम्म पुग्ने पूर्वानुमान रहेको छ । यसैगरी राजस्थानको सिकर आसपासका क्षेत्रमा करीब ४०० हेक्टर क्षेत्रफल साइजका ५ वटा झुण्डहरु राजस्थानको चुरु हुँदै पूर्वमा उत्तर प्रदेशको साहजाहाँपुर तथा सीतापुर तर्फ अगाडि बढ्न सक्ने पूर्वानुमान रहेको छ ।

अनुकुल मौसम भएको अवस्थामा राजस्थानको मरुभूमी (पश्चिम) तर्फ जानुपर्ने यी परिपक्व हुँदै गरेका झुण्डहरु हावाको बहावसँगै पूर्वतर्फ लाग्न सक्ने सम्भावना देखिएको छ । पानी परेको बेला तथा रातीमा चलायमान नहुने भएको भएता पनि हावाको बहावसँगै स्थानान्तरण गर्न सक्ने भएकोले उक्त झुण्डहरु नेपाल प्रवेश गर्न सक्ने सम्भावना समेत रहेको छ । यस सम्बन्धमा जल तथा मौसम विज्ञान विभागसँग सहकार्य गरी पूर्वानुमान तथा निगरानी गर्ने कार्य निरन्तर भइरहेको छ ।

भारतको राजस्थानबाट दक्षिण पश्चिमी बायुको प्रभाव बढ्दै गएकोले राजस्थानमा रहेका सलहका झुण्डहरु भारतको हरियाणा, मध्य प्रदेश, उत्तर प्रदेश तथा छत्तिसगढतर्फ अगाडि बढ्न सक्ने प्रक्षेपण गरिएको छ । त्यस मध्येका केही झुण्डहरु केहि दिनमा नेपालमा समेत प्रवेश गर्न सक्ने सम्भावना रहेकोले बिशेष गरी तराइ तथा भित्रीमधेशका भूभागहरुमा विशेष सतर्कता अपनाउन तथा आवश्यक पूर्वतयारी गर्न सबै सरोकारवालाहरुलाइ अनुरोध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली युवा रोजगारीका लागि बाध्यात्मकरुपले विदेशिनुपर्ने अवस्थालाई अन्त्य गर्छौंः श्रममन्त्री अर्याल

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले विदेशबाट फर्किएकालाई नेपालभित्रै रोजगारीको

कुमारीको मनोभावमा आधारित नाटक ‘अग्निच्क्षु’ मञ्चन

  काठमाडौँ । कुमारीलाई जीवित देवीको मान्यता दिइन्छ । निश्चित समय मन्दिरमा बसेपछि

सरकारले एक हजार प्रतिभावान युवालाई फेलोसिप उपलब्ध गराउने

  काठमाडौँ । सरकारले विभिन्न विषय क्षेत्रका एक हजार प्रतिभावान युवालाई ‘फेलोसिप’ उपलब्ध

१० लाख रुपैयाँमा सुरु गरेको बेकरीबाट मासिक २ लाख आम्दानी गर्दै धरानका दुई युवा

धरान ।  ‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण छैन’ भन्नेहरूका लागि धरानका दुई