प्रधानमन्त्रीकाबारेमा अनर्गल प्रचार बन्द गर्न भारतीय सञ्चार माध्यमलाई प्रवक्ता श्रेष्ठको चेतावनी



काठमाडौँ । सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतीय सञ्चार माध्यमले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल सरकारको विषयमा गरेको प्रचार बन्द गर्न आग्रह गरेका छन् । केही भारतीय टिभी च्यानलले प्रधानमन्त्री ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीलाई जोडेर अनर्गल प्रचार गरेको भन्दै प्रवक्ता श्रेष्ठले ट्वीट गर्दै अनर्गल प्रचारले सीमा नाघेको भन्दै बकवास बन्द गर्न आग्रह गरेका हुन् ।

उनले लेखेका छन्, ‘भारतीय सञ्चार माध्यमले हाम्रो सरकार र प्रमकाबारेमा गरेको अनर्गल प्रचारले सीमा नाघ्यो । हद भयो । बकवास बन्द गर । हाम्रो राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाको निम्ति हामी एक्ढिक्को छौं । विदेशीको फुटाउ र स्वार्थ पुरा गर नीति सफल हुन दिनेछैनौं । यहाँ के गर्ने भन्ने हाम्रो कुरा हो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मौद्रिक नीतिले बजारमा समर्थन र स्वागत मिल्नु राम्रो कुरा होः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकद्वारा शुक्रबार सार्वजनिक मौद्रिक नीतिले

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरुले लिए शपथ

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरुले लि काठमाडौँ । राष्ट्रिय योजना आयोगका नवनियुक्त

कोशी प्रदेश सरकारमा सहभागी माओवादी मन्त्रीले दिए राजीनामा

विराटनगर । कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ । शुक्रबार सरकारमा

राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद् उपाध्यक्षमा नेपाल निर्वाचित

कठमाडौँ । नेपाल संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद्(इकोसक)को एसिया–प्रशान्त क्षेत्रको उपाध्यक्ष निर्वाचित