नेकपाभित्रको विवाद थप जटिल बन्दै, प्रचण्ड र ओलीद्वारा छुट्टाछुट्टै भेला आयोजना



काठमाडौँ । पार्टी स्थायी कमिटीको बैठक चलिरहेकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा पार्टीका केही नेता तथा मन्त्रीलाई बोलाएर छलफल गरेपछि त्यसबारेमा बुझ्न अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार साँझ ललितपुरमा भेला आयोजना गरेका छन् ।

बैठकमा उठेका विषय बैठकबाटै टुंगो लगाउनुपर्नेमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले बुधबार बिहान आफू निकटका नेता तथा मन्त्रीलाई बालुवाटारमा बोलाएर छलफल गरेपछि अर्का अध्यक्ष प्रचण्डले त्यसबारेमा बुझ्न तीस जना भन्दा बढी नेतालाई बोलाएका थिए । भेलामा सहभागी पार्टी स्थायी समिति सदस्य भीम रावलले अध्यक्ष प्रचण्डले तीस जना भन्दा बढी नेतासँग छलफल गर्नुभएको जानकारी दिएका छन् ।

रावलले पार्टीको बैठकबाट नै सम्पूर्ण निर्णय हुनुपर्छ भन्ने आफूहरुको चाहना भएको पनि बताए । रावलले अध्यक्ष प्रचण्डले बाँकी नेताहरुसँग बिहीबार बिहान छलफल गर्ने जानकारी  दिए ।

स्थायी कमिटी बैठक चलिरहेका बेला प्रधानमन्त्री तथा अध्यक्ष ओलीले नै छुट्टै भेला गरेपछि त्यहाँ के भएको हो र त्यसको आशय के हो भन्ने बुझ्नका लागि यो भेला भएको रावलले बताए ।

रावलले प्रणालीलाई पछ्याउनु पर्ने र कमिटीका निर्णय दुवै अध्यक्षले मान्नुपर्ने भेलाको निष्कर्ष भएको पनि बताए । रावलले अध्यक्ष र प्रधानमन्त्रीबाट केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने विषय स्थायी कमिटी बैठकमै उठेको र छलफलमा रहेकाले त्यसबारे ललितपुर भेलामा खासै कुरा नभएको बताए ।

उनले आफूहरु र आफ्नो भेला पार्टी फुटाउनका लागि नभइ एकजुट गर्नका लागि भएको पनि बताए । भेलामा वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, रामबहादुर थापा लगायत रहेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध तेस्रो पटक अविश्वास प्रस्ताव दर्ता भएको

४१ वटा राजनीतिक दलको आयोगद्वारा दर्ता खारेज

काठमाडौं । निर्वाचन आयोगले ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ ।

ओली नेतृत्वको सरकारले गरेका जनविरोधी निर्णय खारेज गर्नुपर्छः रामकुमारी झाँक्री

काठमाडौं । नेकपा एमालेकी सांसद् रामकुमारी झाँक्रीले केपी शर्मा ओली नेतृत्वको सरकारको जनविरोधी

प्रचण्ड-नेपालबीच मन्त्रिपरिषद विस्तारबारे छलफल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ