प्रधानमन्त्रीको अभिव्यक्तिले संसदको बेइज्जत भयोः कर्ण



काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका नेता तथा सांसद लक्ष्मणलाल कर्णले वर्तमान सरकारको बारेमा जनतालाई अनुभुति नभएको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित साक्षात्कारमा नेता कर्णले सरकार समग्र क्षेत्रमा असफल भएको दाबी गरे । उनले भारत र चीन दुवैसँग नेपालले सन्तुलित सम्बन्ध कायम गर्नुपर्नेमा प्रधानमन्त्री ओलीले सुरुदेखि नै सन्तुलित सम्बन्ध बिगारेको आरोप लगाए । त्यस्तै, प्रधानमन्त्री ओलीले आफूलाई भारतले प्रधानमन्त्रीबाट हटाउन थाल्यो भनेर दिएको अभिव्यक्तिले संसदको बेईज्जत भएको टिप्पणी गरे । कर्णले प्रधानमन्त्रीलाई हटाउने वा राख्ने नेकपाको आन्तरिक कुरा भएको पनि तर्क गरे । कर्णले नेकपाको सरकारलाई आफूहरुले संविधान संशोधन गर्ने शर्तमा सुरुमा समर्थन गरेको तर सहमति पालना नभएकोले समर्थन फिर्ता ल्याएको स्पष्ट पारे ।

त्यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको शैली र कार्यशैली नै नराम्रो भएको भन्दै मार्गप्रशस्त गर्नुपर्ने बताए । नेता पौडेलले नेकपाले प्राप्त गरेको जनमत ऐतिहासिक भएको भन्दै सो जनमतअनुसार सरकारले काम गर्न नसकेको टिप्पणी गरे ।

त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता कर्णबहादुर थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा गर्ने भन्ने कुरा नै असान्दर्भिक भएको स्पष्ट पारे । थापाले आफूहरु विधिको शासनमा रहेको र संविधानको सर्वोच्चता मान्दै आएको बताउनुभयो । २०१५ सालमा विपी कोइरालाको नेतृत्वमा दुई तिहाईको सरकार बनेको स्मरण गराउँदै उनले नेपाली जनताले अहिले केपी शर्मा ओलीको नेतृत्वलाई झण्डै दुई तिहाई बहुमत दिएको स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवसमा सरिक

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव मित्रराष्ट्र कतारको राष्ट्रिय दिवसको अवसरमा बुधबार काठमाडौं आयोजित

जसपा नेपालका दुईवटा जिल्ला समिति पुनर्गठन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका दुईवटा जिल्ला समिति पुनर्गठन गरिएका छन्

कांग्रेसको भातृ संस्थाको महाधिवेशन गर्न केन्द्रीय निर्देशन समिति गठन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका भातृ संस्थाको महाधिवेशनका लागि समन्वय

रोजगारीको प्रमुख स्रोत निजी क्षेत्र होः श्रममन्त्री भण्डारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले रोजगारीको प्रमुख स्रोत निजी