अमेरिकामा दैनिक कोरोना सङ्क्रमण एक लाखले बढ्ने विज्ञको चेतावनी



अमेरिकाका सङ्क्रामक रोगका एकजना वरिष्ठ विज्ञ डा. एन्थोनी फाउचीले कोरोनाभइरसको सङ्क्रमण रोकथाममा गरिएको प्रयास पर्याप्त नभएको बताएका छन् ।

आउँदा दिनहरू अमेरिका निम्ति थप चुनौतीपूर्ण हुने उनको ठम्याइ छ । थप प्रभावकारी उपाय नअपनाइएमा अमेरिकामा अहिलेको सङ्क्रमण दरभन्दा दोब्बर बढी अर्थात् दैनिक एक लाख मानिस सङ्क्रमित हुनसक्ने डा. फाउचीले चेतावी दिएका छन् । अहिले अमेरिकामा दैनिक सरदर ४० हजार मानिस सङ्क्रमित हुने गरेका छन् । उनले नागरिकस्तरबाट पनि सङ्क्रमण कम गर्न सामाजिक दूरी राख्ने र मास्क लगाउने नियम पालना हुनुपर्नेमा जोड दिए ।

अमेरिकी सिनेटको समितिद्वारा आयोजित सुनुवाइमा उनले भने, ‘हामीले अहिले सङ्क्रमण नियन्त्रण गर्न सकेका छैनौँ भन्ने स्पष्ट छ।’ अमेरिकाको दक्षिण र पश्चिमका राज्यहरूमा सङ्क्रमण व्यापक रूपमा बढीरहेको देखिएको छ ।

डा. फाउचीले फ्लोरिडा, एरिजोना, टेक्सस र क्यालिफोर्नियालाई अहिले तीव्र गतिमा महामारी फैलिएको राज्यको रूपमा उदाहरण दिएका छन् । त्यस क्षेत्रका १६ वटा राज्यले व्यवसाय र कारोबार खोल्ने आफ्नो पूर्व योजना स्थगित वा फिर्ता लिएको समाचार संस्था सीएनएनले जनाएको छ ।

डा. फाउचीका अनुसार देशका केही भागमा रोकथामको राम्रो काम भइरहे पनि देशको एउटा भागमा प्रकोप रहँदा अरू पनि जोखिमा परेका छन् । उनले सबै अमेरिकीलाई निःशुल्क वितरण गर्ने गरी मास्क उत्पादन गर्न अमेरिकी सरकारलाई आग्रह पनि गरे ।

विज्ञले त्यस्तो बताइरहँदा सिनेटको समितिद्वारा आयोजित सुनुवाइमा सिनेटर एलिजाबेथ वारेनले भनिन्, ‘मैले निश्चित पूर्वानुमान गर्न त सक्दिन तर यो निकै अत्याउने ढङ्ले बढिरहेको छ, त्यो निश्चित हो।’ डेमोक्रेटिक पार्टीका राष्ट्रपतिका उम्मेद्वार जो बाइडले कोरोनाभाइरस महामारीसँग जुध्न सरकारले चालेका कदमको चर्को आलोचना गरेका छन्।

उनले त्यसको निम्ति राष्ट्रपति डोनल्ड ट्रम्पलाई निशाना बनाए। आफ्नो गृहक्षेत्रमा बोल्दै उनले ट्रम्पलाई विज्ञान अस्वीकार गर्ने व्यक्तिको संज्ञा दिए। र, राष्ट्रपतिकै कारण नागरिकले भयानक बलिदान दिन नसक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तान्जानियामा बाढीमा परी कम्तीमा एकसय ५५ जनाको मृत्यु

तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ । बर्षाका

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

  केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको स्तर आपतकालीन अवस्थाबाट

दक्षिण कोरियाद्वारा पहिलो नानोस्याटेलाइट प्रक्षेपण

    सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको

जलवायु परिवर्तनले अफ्रिकामा निमूल भएन मलेरिया

  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही