‘नेपाली भाषा’ कुनै विजेता शासकले जबरजस्ती लादेको भाषा होइन



-दीर्घराज प्रसाई।

‘नेपाली भाषा’ कुनै विजेता शासकहरु पृथ्वीनारायण शाह वा राजा महेन्द्रबाट जबरजस्ती लादेको भाषा होइन, नेपालको एकीकरण भएदेखि नै सबै भाषाभाषीका बीच सम्पर्क कायम गर्न नेपाली भाषा लोकप्रिय भएकोले नै नेपालको राष्ट्रभाषा हुनगएको हो !

नेपालमा जम्माजम्मी १ सय २४ जती भाषाभाषी छन्। तीमध्ये ४०-५० भाषा विकसित अवस्थामा छन्। मैथिली, भोजपुरी, अवधि, मगर, गुरुङ, तामाङ, शेर्पा, नेवार, थारू, राजवंशी, लिम्बु, राई, नेवार, थकाली, सुनुवार, सतार, उर्दु भाषा आ–आफ्नो समुदायमा लोकप्रिय छ। विशाल नेपालको सिर्जना हुनुभन्दा अगाडि हिमवत् खण्डका स–साना राज्यका जनता अधिकांश हिन्दु धर्मका अनुयायी भएको नेपाली भाषा यहाँका साना राज्यहरुमा केही मात्रामा प्रचलित भइसकेकाले पृथ्वीनारायण शाहलाई राष्ट्रिय एकीकरणमा सजिलो पनि हुनगएको थियो।

इतिहासविद् शंकरमान राजवंशीले लेख्नुभएको छ– ‘मोरङका राजा हिन्दुपति हरिश्चन्द्र सेन र वृषशेनको स्याहामोहर विक्रम सम्वत् १७१९ पुसमा नेपाली भाषामा लेखिएका कागजपत्रहरु र मकवानपुरका राजा मानिक सेनले श्री गोसाईलाई नेपाली भाषामा लेखिएका स्याहामोहर र विक्रम सम्वत् १७८४ कार्तिक भनेर लेखिएका र विजयपुरबाट बुद्धिकर्ण रायले विक्रम सम्वत् १८२४ मा नेपाली भाषामा लेखिएका कागजपत्रहरु ‘पुरातत्त्व संग्रह’ मा उल्लेख छ।

नेपालमा लिच्छवी शासन कालभर संस्कृत भाषाले राष्ट्रभाषाको स्थान ओगटेको थियो। मल्लकालमा संस्कृत, नेपाली भाषा र नेवारीलगायत स्थानीय भाषाहरु चलनचल्तीमा आएका थिए भन्ने अभिलेखहरुमा देखिन्छ। नेपालको एकीकरण हुनुभन्दा पहिला काठमाडौंबाट गोरखा, लमजुङ, कास्की वा जनकपुर जानेहरुले नेपाली भाषामै बोल्ने गर्थे। नेपाली भाषा भारतको गोर्खाल्यान्ड क्षेत्र, सिक्किम, मेघालय, अछाम, मणिपुर र भुटानमा चलन चल्तीमा छ। नेपालको एकीकरण हुनभन्दा धेरै वर्ष अगाडिदेखि नेपाली भाषा पूर्वमा ब्रह्मपुत्र र पश्चिममा गंगोत्रीको आसपाससम्म चलन चल्तीमा आइसकेको थियो।

नेपाल एकीकृत भएपछि गोर्खाका राजाले गोर्खा अधिराज्य नभनेर सगौरव यस भूभागलाई नेपाल अधिराज्य भनेर पुकारेका थिए। साम्राज्यवादी शक्तिसँग भिडेर पृथ्वीनारायण शाह, बहादुर शाहलगायत नेपालका विभिन्न जातिका सपुतहरुले नेपालको सार्वभौमसत्ता बचाएर अनेकौं जाति, भाषा, धर्म र क्षेत्रीयतालाई सन्तुलित राख्न र अनेकतामा एकताको नीति कायम गरेर विशाल नेपालको सिर्जना हुन सकेको हो।

नेपाली भाषा कुनै विजेता शासकहरु पृथ्वीनारायण शाह वा राजा महेन्द्रबाट जबरजस्ती लादेको भाषा होइन। नेपालको एकीकरण भएदेखि नै सबै भाषाभाषीका बीच सम्पर्क कायम गर्न नेपाली भाषा सजिलो र लोकप्रिय भएको नाताले नै नेपालको राष्ट्रभाषा हुनगएको हो। वि.सं. १३८२ सम्ममा किराँत क्षेत्रमा पनि नेपाली भाषाको चल्ती थियो भन्ने संकेत सिमरौनगढका राजा हरिसिंह देवका पण्डित ज्योतिरीश्वरको मैथिति कृति ‘वर्णरत्नाकर’ बाट जाहेर हुन्छ भन्दै भाषाविद् बालकृष्ण पोखरेलले लेखेका छन्। त्यसैले सरकारी लेखापढीको भाषाका रूपमा नेपाली भाषा सरह हिन्दी तथा अन्य मातृ भाषाहरु लागू हुनुहुन्न।

नेपाली भाषा सरह स्थानीय जातीय भाषालाई जबर्जस्त सरकारी लेखापढीको भाषा बनाउन खोजियो अथवा हिन्दी भाषालाई उभ्याउन खोजियो भने जातीय द्वन्द्व बढ्ने राष्ट्रिय एकतामा गम्भीर धक्का लागेर नेपालको राष्ट्रिय एकता टुट्न सक्छ ।

नेपाल जस्तो उत्तर र दक्षिणका ठूला देशको च्यापोमा रहेको देशमा संघीयता लाधेर नेपाल सुरक्षित बन्न सक्तैन । संघीयता भनेको सामन्तहरुको बोलावाला हो । एकल जातीय वा बहुल जातीय जुनसुकै प्रकारको संघीयता लागु गर्न खोजेता पनि ती सबैको रुप पृथकतावादी हो । अमेरिका भारत लगायत जुन जुन ठाउँमा संघीय राज्यहरु बनेका छन् त्यसको आप्mनै इतिहास छ । तर नेपाल जस्तो उत्तर र दक्षिणका ठूला देशको च्यापोमा रहेको देशमा संघीयता लाधेर नेपाल सुरक्षित बन्न सक्तैन ।

एक मधेस एक प्रदेश’ नारालाई तराईका मूलबासी नेपालीहरु समर्थनमा छैनन् । वास्तवमा नेपालमा विदेशी हस्तक्षेपको डर भन्दा नेपालकै दलालहरु–राष्ट्रघातीहरुबाट खतरा छ । नेपाल जस्तो एकीकृत अधिराज्यमा कहाँबाट आयो यो विखण्डनकारी रोग ? चार जात छत्तिस वर्णको यो फूलबारीमा समान रुपमा सबै फूलहरु समान रुपमा फक्रने तथा फूल्ने अवसर पाउनु पर्छ र यस बारेमा राज्यले नैं नीति निर्माण गर्नुपर्दछ । पिछडिएका क्षेत्र र नेपालका कुनाकाप्चामा रहेका कुनै पनि जातका बासिन्दाहरु पक्षपात तथा शोषणाबाट मुक्त हुन सक्ने विकेन्द्रीत राज्य व्यवस्था नैं नेपाली जनताको समृद्धिको बाटो हो । नेपालका पाँच विकास क्षेत्रलाई नैं विकेन्दीकरणको सिद्धान्त अनुसार समर्पणका साथ शक्तिशाली बनाएर हिडाइयो भने त्यसैबाट सम्पूर्ण जाति र समूहको हित हुन्छ ।

तराईका मूल बासिन्दाहरु– झा, यादव, राजवंशी, थारु, धिमाल, कुर्मी, माझी, ठाकुर–ब्राम्मण, लोहार, हजाम र धार, कुमाल, गुप्ता, पटेल, कर्मी, मसहर, चमार, धोबी, पटेल, त्रिपाठी, देव, दास, श्रीबास्तव, भूमिहार, राजपूत, पटुवा, गोहित, सिंह, पाण्डे, बर्मा, दत्त, पासवान, हजरा, सहनी, हजारी, जयसवाल, ताजपुरिया, मसलमान, मैथिली, अवधी आदि तराईवासीहरुले आफूलाई मधेसी भन्दैनन् । मैथिला प्रदेश, विराट प्रदेशका, आदिवासी, सेनवंशी, अवधी आदिवासी जनता यी कुनै मधेसी होइनन् ।

नेपाल अधिराज्य सबै नेपालीहरुको साझा हो । सार्वभौम–अखण्डता र नेपाली जनताको बाँच्न पाउने नैसर्गिक अधिकारकोको रक्षार्थ सँधै सजग हुनु पर्छ। विश्वको हिन्दुअधिराज्य तथा राजसंस्थाको संरक्षणमा नेपाल हिँड्नु पर्छ। अत: राजसंस्था र विश्वको एक मात्र यो हिन्दु अधिराज्य भारत लगायत विश्वका हिन्दुहरुको आस्था र गौरवलाई बचाएर नेपाल अधिराज्यलाई युगयुगान्तरसम्म सुरक्षित राख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अख्तियार ! शुरुदेखिका सुकुम्बासी आयोगले गरेका कामउपर अनुसन्धान गर न

शारदाप्रसाद त्रिताल । अख्तियार ! शुरुदेखिका सुकुम्बासी आयोगले गरेका कामउपर अनुसन्धान गर न

हाम्रो प्रजातन्त्र….

डा. गोविन्दशरण उपाध्याय । प्रजातन्त्रसँग मेरो कुनै विरोध छैन । प्रजातन्त्रसँग मेरो कुनै

आम चुनावमा जान जति ढिलो गर्नुहुन्छ त्यतिनै काङ्ग्रेसको लागि चुनावी परिणाम प्रतिकूल हुँदै जाने हो शेरबहादुर दाइ !

केशवप्रसाद भट्टराई । १. दुइ महिनासम्म पनि सरकारलाई पूर्णता दिन सक्नुभएको छैन ।

विचारको ग्राह्यता…

डा. गोविन्दशरण उपाध्याय । मेरो विचार र मैले प्रतिपादन गरेको सिद्धान्त नै असली