स्थायी कमिटी बैठकमा अझै भएन सरकारको समीक्षा र एमसीसीकाबारेमा छलफल



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठकले भारतले मिचेको भूभाग फिर्ता ल्याउन ठोस कुटनीतिक पहल गर्न सुझाएको छ । गत बुधबारदेखि जारी नेकपा स्थायी कमिटी बैठकमा शनिबार बोल्ने अधिकाश सदस्यहरुले नयाँ नक्सा सार्वजनिक गरेसंगै भारतसंग ठोस वार्ता गर्दै सीमा समस्या समाधान गर्न सुझाएका हुन ।

तेस्रो दिनको बैठक सकिँदासम्म ३८ जना सदस्यले बोलेका र अहिलेसम्म सीमा विवाद र नयाँ नक्साका विषयमा मात्रै छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनले बैठकमा बोल्ने सदस्यहरुले नयाँ नक्सा सार्वजनिक गरसंगै भारतले मिचेको भूभाग फिर्ता ल्याउन ठोस कदम चाल्नु पर्ने सुझा दिएको बताए ।

भारतको हेपाहा प्रवृत्तिकै कारण नेपालमा भारतविरोधी भावना बढेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य रघुजी पन्तले बताए । उनले नेपाललाई दबाब दिएर आफ्नो एकलौटी हित साध्न खोज्ने र प्रभावमा राख्ने व्यवहार स्वयं भारतको हितविरुद्ध हुने चेतावनी दिए । पन्तले नेपाल र भारतबीच विद्यमान समस्याको समाधान वार्ताबाटै खोजिनुपर्ने बताए ।

स्थायी कमिटी बैठकको पहिलो दिन अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले धारणा राखेका थिए । दोस्रो दिन १८ जना स्थायी कमिटी सदस्यले धारणा राखेका थिए भने तेस्रो दिन प्रधानमन्त्री ओली एकैछिन बैठकमा बसेर बाहिरिएका थिए । अर्को बैठक असार १६ गते विहान ११ बस्ने गरी स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इलाम-२ मा मिलन लिम्बूलाई उम्मेदवार बनाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि मिलन

राष्ट्रियसभा उपाध्यक्ष अर्याललले दिइन् पदबाट राजीनामा

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । उनले बिहीबार

निराशा चिर्ने र भरोसा जगाउने चुनौती छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक आर्थिक वर्षमा बजेट मागिरहने तर पुँजीगत

राप्रपाले इलाम-२ मा लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले इलाम क्षेत्र नम्बर २ मा लक्ष्मी