कोरोना भाइरसविरुद्ध आयुर्वेदिक औषधि बनाएको बाबा रामदेव र आचार्य बालकृष्णको दाबी



पतञ्जली कम्पनीले कोरोना भाइरसविरुद्ध आयुर्वेदिक औषधि बनाएको दावी गरेको छ । बाबा रामदेव र आचार्य बालकृष्णले मंगलवार पत्रकार सम्मेलन गरेर ‘कोरोनिल’ नामक ट्याबलेट सार्वजनिक गरेका हुन् । संसारभर महामारीको रुपमा रहेको कोरोनाको औषधि बन्न नसकिरहेका बेला उनीहरुले औषधि बनाएको दाबी गरेका हुन् ।

योगगुरु समेत रहेका बाबा रामदेवले यो महामारीलाई मात दिने औषधि तयार भएको दावी गरेका छन् । विश्व भाइरसविरुद्धको कुनै पनि खालको औषधिको पर्खाईमा रहेको भन्दै उनले पत्रकार सम्मेलनमा आफूहरुले पहिलो आयुर्वेदिक औषधि तयार गरेको दावी गरे ।

बाबा रामदेवका अनुसार एक सय मानिसमा यसको परीक्षण गरिएकोमा तीन दिनभित्र ६५ प्रतिशत बिरामीको रिपोर्ट पोजेटिभबाट नेगेटिभ आएको छ । पत्रकार सम्मेलनमा बाबा रामदेवले ७ दिनमा सबै विरामी निको भएका दाबी गरेका छन् । उनले आफूहरुले गहिरो अनुसन्धानबाट यो औषधि तयार पारेको बताएका छन् ।

आयुर्वेदबाट बनेको यो औषधि आगामी ७ दिनमा पतञ्जली स्टोरहरुमा पाइने रामदेवले जानकारी दिएका छन् । पत्रकार सम्मेलनमा पतञ्जलीका आचार्य बालकृष्णले पनि यो औषधिले कोरोनालाई परास्त गर्ने दाबी गरेका छन् । कोरोना आएदेखि नै आफूहरु औषधिको आविष्कारमा जुटेको भन्दै अहिले आएर आफूहरुको प्रयास सफल भएको उनले दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इजरायलद्वारा इरानमा आक्रमण

बीबीसी । इजरायलले इरानमा क्षेप्यास्त्र प्रहार गरेको छ । इरानी सरकारी सञ्चारमाध्यमहरूले मध्यइरानको

अमेरिका र बेलायतद्वारा इरानको ड्रोन आक्रमणपछि व्यापक प्रतिबन्धको घोषणा

संयुक्त राज्य अमेरिका र संयुक्त अधिराज्यले इजराइलविरुद्ध सप्ताहन्त आक्रमणको जवाफमा इरानको सैन्य ड्रोनविरुद्ध

उच्च अदालतको आदेशपछि माल्दिभ्सका पूर्वराष्ट्रपति यामिन रिहा

  भ्रष्टाचार र मनी लन्ड्रिङको आरोपमा ११ वर्षको कारागार सजाय पाउनुभएका माल्दिभ्सका पूर्वराष्ट्रपति

भारमा आमचुनावः २१ राज्यमा १०२ सिटका लागि मतदान सुरु

भारतमा आजदेखि आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि डेढ