अङ्गीकृत नागरिकताकाबारेमा गलत प्रचार गरियोः भुसाल



काठमाडौं । अङ्गीकृत नागरिकताकाबारेमा गलत प्रचार गरिएको भन्दै सत्तारुढ दलका सांसदहरुले आपत्ति जनाएका छन् । राष्ट्रियसभाको मंगलबारको बैठकमा नेकपाका सांसद वेदुराम भुसालले नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेका विदेशी महिलालाई वैवाहिक अङ्गीकृत नागरिकता दिने विषयमा नेपालको संविधानले नै प्रष्ट गरेको र सोही आधारमा कानून निर्माणको प्रक्रिया अगाडि बढाइए पनि केही राजनीतिक दलले गलत प्रचार गरिएको बताए ।

अङ्गीकृत नागरिकलाई राजनीतिकबाहेक अन्य सबै प्रकारका अधिकार प्राप्त हुने भए पनि केही राजनीतिक दलले मुठभेठ हुने जस्ता विषय उचालेर अनावश्यक हल्ला गरेको उनको आरोप थियो । नेकपाकै रामनारायण बिंडारीले नेपालको राष्ट्रियतालाई कोही कसैले पनि कमजोर बनाउन नसक्ने जनाउँदै एकापसमा मिलेर बसेको र एकार्कालाई सम्मान गरेको नेपाली समाजबारे गलत मनसायका साथ प्रचार नगर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराए ।

नेपाली काँग्रेसका प्रकाश पन्थले सरकार एकलौटी तवरले अगाडि बढ्न खोजेको, कोरोना नियन्त्रणमा ध्यान नदिएको तथा शान्तिपूर्ण रुपमा भेला हुन पाउने र प्रदर्शन गर्न पाउने व्यवस्थाको बर्खिलाफ गरी गतिविधि गरिरहेको आरोप लगाउँदै क्रियाशील राजनीतिक दलका बीचमा सहकार्य, सहमति र एकतामा जोड दिए ।

राजपाका मृगेन्द्रकुमार सिंहले तराई– मधेशका विभिन्न खहरे खोलाका कारण जनजीवन समस्यामा परेको र आरक्षबाट आउने जङ्गली जनावरले खाद्य उपज सखाप पारेकाले समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराए ।

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले “प्रतिलिपि अधिकार (पहिलो संशोधन) विधेयक, २०७६ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस“ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । राष्ट्रियसभाको अर्को बैठक असार ११ गते बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
निराशा चिर्ने र भरोसा जगाउने चुनौती छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक आर्थिक वर्षमा बजेट मागिरहने तर पुँजीगत

राप्रपाले इलाम-२ मा लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले इलाम क्षेत्र नम्बर २ मा लक्ष्मी

अध्यक्ष भनेपछि भगवान्, भगवान् चाहिँ प्रश्नभन्दा माथिः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ भनिएका पार्टीहरू प्रश्नभन्दा माथि रहन

बेलायतलाई नेपालमा लगानी बढाउन अर्थमन्त्रीको आग्रह

काठमाडौं । आगामी वैशाखमा काठमाडौंमा हुने लगानी सम्मेलनमा बेलायतबाट उच्चस्तरीय लगानीकर्ताको टोली आउने