अरूले चिन्ने संसार भौतिक हो भने आफुले चिन्ने संसार अध्यात्म



डा. गोविन्दशरण उपाध्याय ।

जीवन द्वैतावैत हो |
अरूले भनेको भरमा आफुलाई चिन्ने र आफैले आफुलाई चिन्ने बीच फरक त अवश्य हुन्छ | संसारमा अरूबाट चिनीनका लागि धेरै मान्छेहरू मरिहत्ते गर्छन् तर आफुले आफैलाई चिनेर जीवनको दिशा निर्धारण गर्नेहरू थोरै हुन्छन् |

अरूका माध्यमबाट आफुलाई चिन्ने अर्थात् अर्काको आँखाबाट आफुलाई बुझ्नेहरू सधैं “दुखीआत्मा” हुन्छन् तर आफ्नै आँखाले आफुलाई बुझ्नेहरूमा सन्तोषको अमृत हुन्छ |

निर्णय आफ्नै हातमा छ – आफैले आफुलाई चिनेर खुसीको जीवन जीउने हो कि अरूले निर्माण गरिदिने व्यक्तित्वका पछाडी मह्रिहत्ते गरेर सुख र खुसी सबै थोक “प्रतियोगिता”का लागि गुमाउने ?

जसरी भौतिकता जीवनको अभिन्न अंग हो तेसैगरी आध्यात्मिकता पनि जीवनको अभिन्न अंग हो | विवेकशीलता, चेतना र लक्षपूर्तिको लागि क्रियाशीलता अध्यात्मका प्रमाण हुन् भने भोक, प्यास, थकाईआदि भौतिकताका आधार हुन् |

अरूले चिन्ने संसार भौतिक हो भने आफुले चिन्ने संसार अध्यात्म हो | दूवै सत्य छन्, दूवै हामीसंग छन् | विज्ञानमा केवल भौतिकताको एकाधिकार छ भन्ने चिन्तन अपूर्ण हो तेसैगरी भौतिकता नभए पनि अध्यात्म सम्भव छ भन्ने चिन्तन पनि दोषपूर्ण छ |

यदि ईश्वर अथवा प्रकृतिले मानवको निर्माण भौतिकता तथा आध्यात्मिकताको मिश्रित रूपमा गरेको छ भने अद्वैत वा द्वैतको पूर्वाग्रह अनुचित हुन्छ | अध्यात्मको अभ्यास भौतिक शरीरसंग जोडिएको छ भने शरीर र शरीरधारीका बीचको सम्बन्ध ज्ञान आध्यात्मिक चेतनासंग गाँसिएको छ |

तेसैले पूर्ण अद्वैतवाद वा पूर्णद्वैतवाद व्याबहारिक होस् वा अध्यात्मिक दूवैतहमा असम्भव विषय हो | हरेक व्यक्ति चेतना र भौतिकताको उत्स हो | एकआपसमा गाँसिएको एस्तो भेदाभेद सम्बन्ध अच्युत छ |

जीवन द्वैतावैत हो |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्रीज्यूको सुशासनको हुटहुटी यसले पनि पुष्टि हुने नै छ

शारदाप्रसाद त्रिताल । महालेखा परीक्षकलगायत केही संवैधानिक पदाधिकारीको नियुक्तिको लागि सिफारिस गर्न १९

एकपटक विचार गरौँ त ?

डा. गोविन्दशरण उपाध्याय । मलेसिया एउटा मुस्लिम राष्ट्र हो जहाँ हरेक पांच वर्षमा

हाम्रो कर प्रणालीकाबारेमा कहिलेसम्म मौन बस्ने ?

डा. युवराज संग्रौला । धेरै नेपालीमा एउटा रोग छ, त्यो हो समस्या नोखोतल्ने

धर्मनिरपेक्षताको दर्शन र नेपाल

डा. गोविन्दशरण उपाध्याय । १. धर्म निरपेक्षता कि पन्थ निरपेक्षता भारतीय संविधानको प्रस्तावनामा