मैले चीनसँग हतियार लिएर भारतसँग बदला लिनुपर्छ भनेको छैनः वामदेव गौतम



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले भारतसँगको सीमा विवाद कुटनीतिक वार्ताका माध्यमबाट सुल्झाउनपर्ने बताएका छन्।

सोमबार सचिवालयमार्फत विज्ञप्ति जारी गरी गौतमले सञ्चारमाध्यममा आएजस्तो आफूले चीनसँग हतियार लिएर भारतसँग बदला लिनुपर्छ नभनेको बताएका हुन् । गौतमले सरकार र जनता सीमा विवादको समाधान कुटनीतिक विधिबाट गर्न दृढ रहेको उल्लेख गरेका छन्। ‘मैले चीनसँग हतियार लिएर भारतसँग बदला लिनुपर्छ भन्नेजस्ता अव्यवहारिक, असान्दर्भिक तथा उत्तेजक अभिव्यक्ति दिएको छैन,’ उनले भनेका छन्।


सबैमा स्पष्ट पारिएको बारे

समस्त शुभचिन्तक महानुभावहरुमा हार्दिक अभिवादन ।

यहाँहरु सबैमा विदितै भएको विषय हो कि, मैले आफ्नो राजनीतिक तथा सामाजिक जीवनमा हरदम राष्ट्र र राष्ट्रियताका मुद्दामा आफूलाई स्पष्ट रुममा प्रस्तुत गर्दै आएको छु ।

विगतमा भएको असमान महाकाली सन्धि होस् या अहिले कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्रमा हाम्रो भूमि अतिक्रमित भएकै सन्दर्भ किन नहोस् म यो विषयमा सधैं स्पष्टताका साथ लागिरहेकोमा कुनै शंका छैन ।

तर, यो विषयको समाधान कुनै फौजी गतिविधिबाट हुन्छ वा हुनुपर्छ भन्ने मान्यता मैले आजसम्म राखेको छैन । हामी हाम्रो भूमि रक्षाका निम्ति जस्तै कठिन संघर्ष र बलिदानी भूमिका निभाउन तयार छौं । तर, सीमा मामिला सुल्झाउने अनेकन मार्ग प्रशस्त हुँदाहुँदै अहिल्यै फौजी विधिबाट अगाडि बढ्ने विषय आउन सक्दैन ।

हाम्रो सरकार र समस्त जनता सीमा विवादको समाधान कुटनैतिक विधिबाट गर्नुपर्नेमा दृढ छौं । यस्तो अवस्थामा एक युट्युब च्यानलले मलाई जोडेर अनर्गल प्रचार गरेको छ ।

मैले चीनसँग हतियार लिएर भारतसँग बदला लिनुपर्छ भन्नेजस्ता अव्यवहारिक, असान्दर्भिक तथा उत्तेजक अभिव्यक्ति दिएको भनी प्रशारित उक्त च्यानलले मेरो मानमर्दन गरेको छ ।
उक्त युट्युब च्यानलका कारण यदि कोही भ्रममा हुनुहुन्छ भने कृपया मेरा यिनै पंक्तिलाई आधार मानेर स्पष्ट हुनुहुन हार्दिक अनुरोध गर्दछु ।

वामदेव गौतम, उपाध्यक्ष, नेपाल क्म्युनिष्ट पार्टी (नेकपा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मौद्रिक नीतिले बजारमा समर्थन र स्वागत मिल्नु राम्रो कुरा होः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकद्वारा शुक्रबार सार्वजनिक मौद्रिक नीतिले

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरुले लिए शपथ

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरुले लि काठमाडौँ । राष्ट्रिय योजना आयोगका नवनियुक्त

कोशी प्रदेश सरकारमा सहभागी माओवादी मन्त्रीले दिए राजीनामा

विराटनगर । कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ । शुक्रबार सरकारमा

राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद् उपाध्यक्षमा नेपाल निर्वाचित

कठमाडौँ । नेपाल संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद्(इकोसक)को एसिया–प्रशान्त क्षेत्रको उपाध्यक्ष निर्वाचित