नागरिकता विधेयकभित्रका केही प्रावधानले देश राजनीतिक दुर्घटनातर्फ जाने कांग्रेसको चेतावनी



काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय समितिबाट पारित नागरिकता विधेयकभित्रका केही प्रावधानले देश राजनीतिक दुर्घटनातर्फ जाने चेतावनी दिएको छ ।

राष्ट्रियसभाको सोमबारको बैठकको बिशेष समयमा बोल्दै कांग्रेसका सांसद जितेन्द्रनारायण देवले नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई सात वर्षपछि अंगीकृत नागरिकता दिने निर्णयले देश राजनीतिक दुर्घटनातर्फ जाने चेतावनी दिएका हुन् । उनले उक्त निर्णयप्रति आपत्ति जनाउँदै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले सांप्रदायिक दंगा फैलाउन खोजेको आरोप समेत लगाए । सांसद देवले दुई वर्षको अवधिलाई हेर्दा नेकपाको नीति एकपाखे भएको टिप्पणी गरे ।

भारत र चीनसँग मित्रताको सम्बन्ध राख्नुपर्ने भन्दै सत्ताधारी पार्टीको निर्णयले प्रजातन्त्रपछि स्थापना भएको जगमा एकपछि अर्को प्रहार गरेको उनले बताए । सांस्कृतिक सम्बन्धमाथि आक्रमण गर्ने अधिकार कसैलाई नभएको भन्दै देवले बिहार र यूपीमा मधेशको वैवाहिक सम्बन्धले राष्ट्रिय एकता खतरामा जान्छ भन्ने सोचले बिस्तारै त्यसलाई समाप्त गर्ने दिशामा नेकपा लागेको आरोप लगाए ।

त्यस्तै, जनता समाजवादी पार्टीका सांसद मृगेन्द्रकुमार सिंहले नेकपाले राज्य व्यवस्था समितिमा बहुमतको दम्भ देखाएर गरेको निर्णयले मुठभेड निम्त्याउने बताए । उनले नेपाली पुरुषसँग विवाह गरेर आउने भारतीय महिलाले नै राष्ट्रघात गरेका हुन् भन्दै प्रश्न समेत गरे ।

फरक प्रसङ्गमा उनले खेतीपातीको समय भएको र विदेशबाट पनि धेरै युवा स्वदेश फर्केको समयमा मलको उचित व्यवस्था गर्नुपर्ने सरकारसँग माग गरे । सांसद शेखरकुमार सिंहले वर्षायाम शुरु भएको भन्दै तराई मधेसमा वर्षेनी बाढीबाट हुने क्षतिका सम्बन्धमा समयमै सरकारले ध्यान दिई समाधानका लागि आवश्यक पहल गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संसद् र सांसदका कामबाट जनता निरास छन्: सांसद भट्ट

काठमाडौँ  । सङ्घीय संसद्ले जनताको अपेक्षाअनुरुप प्रभावकारी रुपमा काम गर्न सकेको छैन ।

गण्डकीका बिनाविभागीय मन्त्रीले पाए मन्त्रालयको जिम्मा, चुमानलाई अर्थ र मनाङेलाई भौतिक मन्त्रालय

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी तोकेका छन् ।

आजदेखि एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक

काठमाडौं । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक आजदेखि ललितपुरमा हुँदैछ

एमालेको प्रतिनिधि परिषद बैठकमा देउवा र प्रचण्डले पनि सम्बोधन गर्ने

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा उत्पन्न भएको निराशालाई तोड्नका लागि