सात वर्षपछि विदेशी बुहारी राष्ट्रवादी हुन्छिन् त ?



काठमाडौं । प्रदेश दुईका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले विदेशी बुहारीलाई सात वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रावधानका बारेमा पुनर्विचार गर्न आग्रह गरेका छन् । सामाजिक संजाल फेसबुकमार्फत झाले यस्तो प्रावधान संविधान विपरित भएकाले यसलाई पुनर्विचार गर्न आग्रह गरेका हुन् ।

उनले यसलाई अल्ट्राभाइरसको संज्ञा दिँदै संसदले यसलाई पास गरेपनि सर्वोच्च अदालतबाट खारेज हुने बताए । उनले कुनै पनि महिला सात सात वर्षसम्म नागरिबिहीन रहन नसक्ने भन्दै महिलाहरुले राष्ट्रघात गरेको भन्ने कुराप्रति आपत्ति जनाए ।

उनले भने,‘पुरुषले राष्ट्रघात गरेका छन् तर महिलाले कहाँ राष्ट्रघात गरेका छन् । भारतमा सातवर्षपछि नागरिकता दिने प्रावधान रहेको भनेर त्यसैलाई कपिपेष्ट गरिएको छ । तर भारतमा रासन कार्ड, आधारकार्डको व्यवस्था गरिएको छ । नागरिकता नभएपनि हुन्छ । तर हाम्रोमा बैंक खाता खोल्नुपर्यो भने नागरिकता, पासपोर्ट बनाउनु पर्यो नागरिकता । कि भारतको जस्ता नागरिकतालाई कमजोर बनाएर बैकल्पिक व्यवस्था गर्नुपर्यो नत्र कसरी हुन्छ ? हाम्रा पहिला रानीहरु भारतका, पशुपति शम्सेरकी श्रीमती पनि भारतको हो नि । खै त उहाँहरुले राष्ट्रघात गर्नुभएको छ र ? त्यसैले यसलाई पुनर्विचार गर्न म आग्रह गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एकीकृत समाजवादी सरकारबाट नबाहिरिने

काठमाडौं । नेकपा एकीकृत समाजवादी गठबन्धन सरकारबाट नबाहिरिने भएको छ । मंगलबार बसेको

प्रचण्ड सरकारको पक्षमा रहेको देखाउन जसपाको उपेन्द्र र राई पक्षबीच तँछाडमछाड

काठमाडौँ । विभाजित दुबै जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन कायम राख्ने भएका

गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समितिको मागमा कांग्रेसको अडान कायमै

काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन

रुसी सेनामा भर्ती भएका नेपाली फिर्ता ल्याउन म आफैं उच्चस्तरको कूटनीतिक पहल गर्छुः प्रधानमन्त्री

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुसी सेनामा आबद्ध नेपालीलाई स्वदेश फिर्ता