पर्वते खानीगाउँको कथा



डा. गोविन्दशरण उपाध्याय ।

तेसै गाउँका मान्छेहरूले खानीमा फलाम खन्थे, बेच्थे र आम्दानी गर्थे | लेखका मान्छेहरू आलुसंग फलाम सटानी गर्थे, विहादीका मान्छेहरू कोदो, धानसंग फलाम सटानी गर्थे | युगौंदेखि यही रितिरिवाज चलिरहेको थियो | आलु फलाउनेले होस् वा धान फलाउने र खानीगाउँमा खटिएर फलाम निकाल्ने, सबैको जीवनका आवश्यकताहरू चलेकै थिए |

तेतिवेलाका मान्छेहरू धेरै महत्वाकांक्षी थिएनन् | आवश्यकताहरू अमेरिका (प्रजातन्त्र) रूस (साम्यवाद) जर्मनी (समाजवाद)का जस्ता थिएनन् | उनीहरू खाट्टी नेपाली थिए | तेसैले होला गाउँगाउँका अर्थतन्त्रहरू प्राकृतिक रूपमा आत्मनिर्भर र चलायमा थिए | लेनदेन र कामहरू “पैचो तथा पर्म” ले चल्थे भने सामाजिक कामहरू मन्दिर, गुठीहरूबाट हुन्थे | तेहा पूंजीवाद र साम्यवादको रडाको र विदेशी कन्सल्टेन्सहरूको अपवित्र छाँया थिएन | दु:ख थियो तर अन्तराष्ट्रिय दुखहरू थिएनन् |

घरघरमा पालिने गाईभैसीको दूधले जनता रसिला थिए | घरघरमा रोपिने धान, मकै र कोदोले मान्छेहरू स्वास्थ्य नै थिए | उखुले गुलियो भेली बन्थ्यो | निवुआले अमिलो र घरघर पाइने तोरीकोलबाट तोरीको तेल मिल्थ्यो | लेकका मगरनीहरूले राडीपाखी र कोराको उत्पादन गर्थे | लुगाफाटो पनि आफ्नै अनि, असुरो, पाती, गुजर गानो, तुलसी, सिस्नो, जङ्गली मेथी जस्ता जडीबुटीहरू रोग बाट जोगिन मदत मिलेकै थियो |
विदेशीहरूको सिको गर्न पल्केको आजको नेपालीलाई माथिका “आत्मनिर्भर” पात्रहरू अचम्मका लाग्नन् तर तेसवखतको लागि यी सबै वास्तविक थिए | नेपाली समाजको तत्कालीन आत्मनिर्भरता स्वर्णयुग थियो |चाँगुनारायण मन्दिर होस् वा हनुमानढोका दरवार विदेशीको सहयोगले बनेका थिएनन् | हरेक नेपालीका टाउकोमा ४० हजार होइन एकपैसा पनि ऋण थिएन |

कालिपार (बाग्लुंग) र कालिवार (पर्वत) मा मैले जानेका तीनबटा खानीगाउँ/खोला छन् | वाग्लुंगका मान्छेले हामीलाई कालीपारे भन्छन्, हामी उनीहरूलाई कालिपारे भन्छौं | बीचमा कालीगण्डकी बग्छिन् | कालिपारे दाई कति राम्रो.. भन्ने गीत निकै लोकप्रिय भएको थियो र हालका दिनहरुमा पनि बज्दै छ | कालिवारको खानीगाउँ फलेवाससंग जोडिएको छ |

म महादेवी पार्वतीको माइती अर्थात् पर्वते भएको नाताले गुल्मी, पर्वत, बाग्लुंगका खानीगाउँ, खानी खोला, खानी पैरोसंग परिचित छु | म केटाकेटी हुँदा पनि पर्वतका धेरै खानिखोला र खानी गाउँबाट फलाम, तामा तथा घर छाउने ढुंगाहरू निकलिन्थे र मैले आफ्नै आँखाले त्यो देखेको थिएँ, ती खानीहरू के कारणले वन्द भए, मलाई हेक्का छैन |

एक पटक बा संगै बाग्लुंगको खानीखोलाबाट काँचो फलाम ल्याएर “इन्द्रे” कामीको आरनमा “आँसी, खुर्पा र कोदालो” बनाउन दिएको मलाई याद आउँछ | तेस वखत म र खानीखोलाको फलाम संगसंगै “बा”को काँध चढेर कालिपारबाट फर्केको याद छ |
तेस वखत अहिलेजस्तो जताततै कालिपार जानका लागि पुलहरू थिएनन् | डरलाग्दा झलूँगा हुन्थे | कालिपारबाट फर्केर आउँदा झलूँगाले मेरो सातो नै लिएको थियो, जाँदाको कुनै स्मरण रहेन | जेहोस्, तेस वखत कालिपार निकै अचम्मको ठाउँ हुन्थ्यो |

फेरी पनि खानीगाउँ, खानीखोला, खानीपाखा, खानीपाखो, खानी ओढारको कुरा गरौँ | असलमा, मैले यहाँ उल्लेख गरेका गाउँठाउँहरू नेपालको पूर्वदेखि पश्चिमसम्म र उत्तरदेखि दक्षिणसम्म जताततै पाइन्छन् | जसरी नेपालका हेरक गाउँमा चौपारी, पोखरी र कोटहरू हुन्छन् तेसरी नै खानीहरू छन् |

नेपालका गाउँगाउँमा विकासे डोजरहरूले विनाश नृत्य गरिरहेको कुरा सबैलाई थाहा छ | यी डोजरहरूले सबैभन्दा पहिले “सहर बाटो” (पुरानो समयमा घोडा, खच्चर र मान्छे हिड्ने मूल बाटो” र तेससंग जोडिएका चौपारी, मन्दिर, पाटी बगैचा र सार्वजनिक ठाउँलाई आफ्नो भोजन बनाएका छन् |

तेस्तै वि.स. २००७ सालको तथाकथित प्रजातन्त्रको आगमनपछि स्थानीयजनताले स्थानीयतहका आवश्यता पूर्तिको लागि संचालन गरेका एस्ता अनेकौं खानीहरू वन्द गरिए | भारतीय फलाम, भारतीय तामो र भारतीय मेटरहरूका लागि घोषित अघोषित रूपमा यी खानीहरू वन्द भए, गरिए | आत्मनिर्भर अर्थतन्त्रको भाग्य विदेशी कारखानाका लागि समर्पण गरियो |

आज पनि हाम्रो घरमा एउटा गाग्री र ताउलो खानीखोलाको तामाले वनेका छन् | त्यो तामाको चमक-दमक जस्ताको तस्तै छ | एउटा पितलको गाग्री पनि छ, त्यो पनि नेपाली खानीगाउँ कै पितल पिटेर बनाइएको हो – आमाले भन्नुभएको यही हो |

आज तथाकथित साम्यवादीहरूको सरकार छ | यी खानीहरूको गर्भमा रहेका तामा, फलामआदिको पुन: उत्खन हुन सक्छ | थलिएको अर्थतन्त्रमा यी खानीबाट उत्पन्न हुने ढुंगा, फलाम, चरस, तामाआदिले सहयोग गर्न सक्थे | लोकतन्त्र र प्रजातन्त्रको नाममा मात्तिएका, पात्तिएका राजनैतिक कार्यकर्ताहरूले भारत, अमेरिकामा बन्ने डोजरहरूले मातृभूमिको बलात्कार गरेको कुरालाई विकास ठान्छन् तर aआफ्नै देशका “खानीगाउँ, खानी खोला, खानीपाखाहरूमा उद्योग चलाउने तिर यिनको कुनै अभिरुचि छैन |

खानीगाउँहरूले नेपालीका तत्कालीन आवश्यकताहरूलाई पूरा गरेकै हुन् | अहिले समय फेरिएको छ | कालिपारहरू वदलिएका छन् तर ती खानीगाउँहरू जीवित नै छन् | खानीगाउँमा पाइने पदार्थहरूको आज पनि उत्तिकै मांग छ | बरू बजार बढेको छ | विदेशमा पहुँच बढेको छ |
मलाई थाहा छैन – अमेरिकन “एमसीसीएन” विकास देख्ने नेपालको साम्यवादी सरकारले खानीगाउँहरूलाई किन उपेक्षा गर्छ ? किन गाउँगाउँका स्थानीय सरकारहरू आफ्नो नाइटोमा रहेका खानीहरूलाई महत्व नदिने निर्णयमा पुगेका छन् ? सजिलै बुझ्न सकिन्छ |
आज कुनै पनि नेपालीले “आत्मनिर्भर” बन्ने सपना पनि देख्न सक्दैन | “परनिर्भरता, विदेशी अनुकरण र ऋण थप्दै जानुनै विकास हो” भन्ने मानसिक विश्वास बोकेको राज्नानैतिक प्रतिमानको अन्तिम लक्ष भनेको नेपालीहरूलाई विदेशी प्रतिमानहरूको बाक्जालमा फंसायेर फगत एउटा बन्धक “मतदाता”मा सीमित राख्नुनै हो |

आजका लोकतन्त्र वा प्रजातन्त्रका तथाकथित भाग्यनिर्माताहरूले यी खानीगाउँ, खानीखोला, खानीपाखा, खानी ओढारहरूलाई पुनर्जीवित गरेर स्थानीय जनतालाई आत्मनिर्भर बनाउने प्रयत्न गर्लान् ? यो प्रश्नको उत्तर एक पटक अवश्य सोच्नुहोला र उत्तर यहीं लेखको पुछारमा लेख्न नविर्सनु होला |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एकपटक विचार गरौँ त ?

डा. गोविन्दशरण उपाध्याय । मलेसिया एउटा मुस्लिम राष्ट्र हो जहाँ हरेक पांच वर्षमा

हाम्रो कर प्रणालीकाबारेमा कहिलेसम्म मौन बस्ने ?

डा. युवराज संग्रौला । धेरै नेपालीमा एउटा रोग छ, त्यो हो समस्या नोखोतल्ने

धर्मनिरपेक्षताको दर्शन र नेपाल

डा. गोविन्दशरण उपाध्याय । १. धर्म निरपेक्षता कि पन्थ निरपेक्षता भारतीय संविधानको प्रस्तावनामा

यिनै भिजनविहीन र निष्ठारहित नेताबाट समृद्धि सम्भव होला ?

डा. बाबुराम भट्टराई । धेरै महानुभवहरूले बाबुराम ‘एक्लियो’ ‘हरायो’ भनेर चिन्ता गरेको देखियो।