हामी चाहन्छौँ, भारत र चीनबीच थप तनाव नहोस्



विष्णु रिजाल ।

आणविक हतियारले सुसज्जित विश्वकै पहिलो र दोस्रो ठूला मुलुक चीन र भारतबीच सीमा क्षेत्रमा तनाव बढ्नुका साथै सैनिकहरु हताहत भएको खबर सार्वजनि भइरहेको बेला सन् १९६२ को युद्धका बारेमा पनि चर्चा भइरहेको छ । भारतले चीनसँग हारेर अक्साई चीन भूभाग गुमाएको त्यस युद्धको चर्चा चल्नासाथ अग्रपंक्तिमा आइहाल्ने नाम हो– भीके कृष्ण मेनन । प्रखर र सफल कूटनीतिज्ञको छवि बनाएका, प्रधानमन्त्री जवाहरलाल नेहरुलाई प्रभाव पार्न सक्ने र असाधारण क्षमतावान् भनेर प्रशंसित मेनन भारतको रक्षामन्त्री भएको बेला चीनसँग युद्ध भएको थियो र भारतले नराम्रो पराजय भोग्नुपरेको थियो ।

चीनसँग ठूला हतियार नै छैनन्, हेभि लाइट छैन, छिमेकी रुससँग तिक्तता बढेको छ, अमेरिकाले मान्यता नै दिएको छैन, चीनमा महान् अग्रगामी छलाङले धक्का खाएको छ भन्ने जस्ता कारण दिएर चीनले आक्रमण नै गर्न सक्दैन भनेर पण्डित नेहरु र मन्त्रिपरिषद्लाई ब्रिफिङ गर्ने रक्षामन्त्री मेननकै कारण भारतले युद्ध हारेको निष्कर्ष निस्केसँगै उनी मन्त्रीबाट विदा हुनुका साथै नेहरुसँग टाढिएका थिए ।

भीके कृष्ण मेननको विवादस्पाद जीवनमाथि कांग्रेस आइका नेता जयराम रमेशले लेखेको पुस्तक ‘अ चेकर्ड ब्रिलियन्सः द म्यानी लाइभ्स् अफ भी. के. कृष्ण मेनन‘ मा विस्तृत रुपमा चर्चा गरिएको छ । त्यसमध्ये ‘द ग्लोरी एन्ड द फल‘ शीर्षकमा दिइएको सामग्रीले त्यसबेलाको युद्धमा भारतीय नेतृत्वको मनोविज्ञान बुझ्न मद्दत गर्दछ ।

भारत र चीनबीचको त्यस युद्धमा हजारौँ सैनिकहरु मारिनुका साथै ३ हजार ९ सय ६८ जना भारतीय सैनिक चीनको नियन्त्रणमा परी सात महिनासम्म युद्धबन्दी भएका थिए । तीमध्येका एक हाम्रो दैलेख जिल्लाको सल्लेरीका क्याप्टेन धनबहादुर चन्द (अध्यक्ष, नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन) बाट त्यस बेलाको युद्धको बर्णन र उहाँका रोचक अनुभवहरु मैले सुन्न पाएको छु । १ महिना १ दिनसम्म चलेको उक्त लडाइँमा भारतले हारेपछि पण्डित नेहरुले ‘हमारे सेना बहादुरी से पिछे चल रहे‘ भनेको प्रसंग बेलाबेलामा चर्चामा आइरहन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री राजनाथ सिंहलाई पक्कै पनि यस कुराको जानकारी नहुने कुरा भएन ।

सन् १९७५ पछि पहिलो पटक भारत–चीनको सीमामा रगत बगेको छ । त्यतिबेला अरुणाचलको तु लुङ ला क्षेत्रमा ४ भारतीय सैनिक एम्बुसमा परेर मरिएयता मुक्कामुक्की र धकेलाधकेल भए पनि ज्यानै चाहिँ गएको थिएन । यसपटक लद्दाखको गालवानमा २० भारतीय सैनिक मारिएका छन् । यो कुरा पक्का छ, सन् १९६२ मा झैँ सीमा लड्न गोर्खा रेजिमेन्टलाई पठाइनेछ र थप हताहती भएमा त्यसको प्रभाव हाम्रा गाउँवस्तीसम्म आइपुग्नेछ । त्यसैले पनि हामी चाहन्छौँ, भारत र चीनबीच थप तनाव नहोस् र यसअघि भएको सहमतिका आधारमा विवाद समाधान होस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राजनीतिक व्यवसायी र कमिसनखोर व्यापारी घरानाको गठजोडबाट एउटा सन्तान जन्मियो, त्यो भ्रष्टाचार होइन र ?

डा. युवराज संग्रौला । १. २०२४ इ.स. ।  हरेक साल अस्ट्रेलियाको सिड्नी विश्वविद्यालयका

संसदीय समिति हाम्रोविरूद्धमा हो भन्ने भ्रामक कुरा हो, त्यसैले बनाइदिऔं समिति

गणेश कार्की । सहकारीको बिषयमा सभापति रवि लामिछानेबाट हिजो फेरि पनि फेसबुकमा पोस्ट

रामराम सा

डा. गोविन्दशरण उपाध्याय । आजभोलि ‘जैश्रीराम’ शब्द निकै लोकप्रिय छ । यसको लोकप्रियता

नयाँ भनिएका दलहरु नै सत्ताको लुछाचुँडीमा लिप्त हुनु गम्भीर खतराको संकेत

डा. बाबुराम भट्टराई । केन्द्रदेखि प्रदेशहरूसम्म सदनमा रहेका सबै पुराना र नयाँ भनिएका