अझै जुटेन नागरिकता विधेयकमा सहमति



काठमाडौं । संसदको राज्य व्यवस्था समितिले बुधबार पनि नागरिकता विधेयक पारित गर्न सकेन । बैठकमा विवाद अन्त्य गर्नका लागि गृहमन्त्री रामबहादुर थापाले ५ दिनको समय माग गरेपछि नागरिकता बिधेयक पारित हुन नसकेको हो ।

बुधबार बसेको बैठकमा गृहमन्त्री थापाले नागरिकता विवादमा राजनीतिक र सरकारलाई थप छलफल गर्नुपर्ने अवस्था आएकाले थप समय माग गरेका हुन् । यसअघि मंगलबारको समिति बैठकमा सभापति शशी श्रेष्ठले नेपाली पुरुषसँग बिहे गरी आउने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने व्यवस्था राख्न प्रस्ताव गरेकी थिइन् ।

गृहमन्त्री थापाले यसबीचमा अंगीकृत नागरिकताका विषयमा आएको नयाँ प्रस्तावमाथि राजनीतिक सहमति जुटाउने प्रयास गर्ने धारणा राखे । उनले यस बिषय गम्भीर भएकाले सहमतिमा टुङ्ग्याउने पनि बताए ।

समिति सभापति शशी श्रेष्ठले नागरिकता बिधेयकमा छलफल गर्न सरकारले नै समयमाग गरेको भन्दै यहि अधिवेशनमा नै बिधयेक लैजाने गरि सहमति खोज्न आग्रह गरिन् । उनले छिटो भन्दा छिटो सहमति खोज्न सरकारले पहलकदमी लिनुपर्ने बताइन् ।
बैठकमा कांग्रेस सांसद दिलेन्द्र बडुले अंगीकृत नागरिकता दिन समयावधि राख्न नहुने अडान कायमै रहेको भन्दै यस बिषयमा थप सहमति खोज्नुपर्ने बताए ।

यसअघि नेपाली पुरुषसँग बिहे गरी आउने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने व्यवस्थाका बारेमा सत्तापक्षका समिति सदस्यहरु सहमत भए पनि कांग्रेसले पार्टीमा छलफलका लागि समय मागेको थियो ।

कांग्रेसले संविधानमा बिहे गरी आएपछि जन्मेको देशको नागरिकता छोडेको हुनुपर्ने व्यवस्था भएकाले समयावधि राख्न आवश्यक नहुने निष्कर्ष निकालेको छ । लामो समयदेखि बिचाराधिन रहेको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक संसदको यहि अधिवेशनमा पेश गर्ने समितिको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बागमती प्रदेशसभाको हिउँदे अधिवेशनको ५७ दिनमा ६ बैठक

  मनहरी ।  बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा ६  वटा मात्रै

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न नसके मुलुकको समृद्धि हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा