पशुपतिनाथको मन्दिर सफा राख्न पनि छिमेकी मुलुकसँग गुहार !



काठमाडौं । पशुपतिनाथ मन्दिर परिसर सरसफाइ र खानेपानीसम्बन्धी परियोजना सञ्चालन गर्न भारत सरकारले सहयोग गर्ने भएको छ । त्यस सम्बन्धी सम्झौतापत्रमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको विकास सहायता समन्वय शाखा प्रमुख रेशम कँडेल, काठमाडौँ महानगरका तर्फबाट पूर्वाधार विकास विभागका प्रमुख राम थापा र भारतीय दूतावासका तर्फबाट डेभलपमेन्ट को–अपरेशन काउन्सिलर डा प्रफुल्लचन्द्र शर्माले हस्ताक्षर गरेका छन् ।

भारत सरकारको सहयोगमा सञ्चालन हुने साना विकास परियोजनाअन्तर्गत भारतीय दूतावासको तीन करोड ७२ लाख ३१ हजार १६२ र काठमाडौँ महानगरको एक करोड ४५ लाख ७९ हजार १४४ रुपैयाँ लागत सहभागिता रहने परियोजनाको लागत पाँच करोड १८ लाख १० हजार ३०६ रुपैयाँ रहेको छ ।

सम्झौताबमोजिम परियोजनाको सञ्चालन पशुपति क्षेत्र विकास कोष, परियोजना कार्यान्वयन काठमाडौँ महानगरपालिका र अनुगमन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गर्नेछन् । परियोजनामा खानेपानी वितरण प्रणाली सुधार, ढल निर्माण, सरसफाइ तथा फोहरमैला व्यवस्थापनको काम हुनेछ ।

परियोजना आगामी १५ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । तर पशुपतिनाथ क्षेत्रको सरसफाईका लागि भारतसँग सहयोग लिएको भन्दै त्यसको विरोध भएको छ । पूर्वमुख्यसचिव लिलामणि पौडेलले सरसफाईका लागि सहयोग लिनु अनुचित भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको सौर्य एयरको जहाज(फोटोफिचर)

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना भएको छ । बुधबार

रुसमा मानव तस्करी रोक्न सरकारी प्रयास असफल

नेपाली युवालाई अत्यन्तै घातक युद्ध लड्न रूसी सेनामा भर्ती गराउने पहिलो पंक्तिका मानव

नेपाली युवा रोजगारीका लागि बाध्यात्मकरुपले विदेशिनुपर्ने अवस्थालाई अन्त्य गर्छौंः श्रममन्त्री अर्याल

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले विदेशबाट फर्किएकालाई नेपालभित्रै रोजगारीको

सिकलसेल रोगप्रति सरकारले बेवास्ता गरिरहँदा यो रोगका बिरामीहरू बढ्दै

सिकलसेल रोगप्रति सरकारले निरन्तर बेवास्ता गरिरहँदा एकातिर यो रोगका बिरामीहरू बढ्दै छन्, अर्कोतिर