के छ रुकुम घटनाबारे गृह मन्त्रालयको प्रतिवेदनमा ?
काठमाडौं । पश्चिम रुकुममा ६ जनाको ज्यान जाने गरी भएको सामूहिक हत्या प्रकरणमा चौरजहारी नगरपालिका–८ का जनप्रतिनिधिको प्रत्यक्ष संलग्नता भेटिएको छ ।घटनाको छानविन गर्न गृह मन्त्रालयका सह–सचिव जितेन्द्र बस्नेतको नेतृत्वको टोलीको प्रतिवेदनमा वडाध्यक्ष मल्ललाई रुकुम घटनाको योजनाकार भनेको छ ।