‘क्वारेन्टाइनहरुको बेथितिमा सरकारले आफ्नो अयोग्यताको अनुहार हेर्न जरुरी छ’



काठमाडौं । नेपाली कांग्रेसले कैलालीको एक क्वारेन्टाइनमा रहेकी महिलामाथि भएको सामूहिक बलात्कार घटनाका दोषीलाई कारबाही गर्न माग गरेको छ । प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार विज्ञप्ति जारी गरी कैलालीको क्वारेन्टाइनमा बलात्कारको घटना हुनु अत्यन्तै निन्दनीय र गम्भीर भएको बताएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘कैलालीको घटनामा दोषीलाई कानूनी कार्वाही संगसंगै क्वारेन्टाइनहरुको बेथितिमा सरकारले आफ्नो अयोग्यताको अनुहार हेर्न जरुरी छ । मापदण्ड विपरीतका अव्यवस्थित क्वारेन्टाइनहरु कोरोना संक्रमण विस्तारको केन्द्र बन्दै गएका छन् । अब्यवस्थाका कारण देशका विभिन्न क्वारेन्टाइनबाट नागरिक भागेका छन् । क्वारेन्टाइन सुरक्षाका लागि कि सजायका लागि भन्ने प्रश्न उब्जिएको छ र अन्ततः बलात्कारसम्मको घटनाले कम्युनिस्ट सरकारको शासकीय क्षमताको अनुहारमा कालो पोतिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कांग्रेसमा मोर्चाबन्दी गर्दै कोइराला, निधि र सिंह

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा शशांक कोइराला र पूर्वमहामन्त्री

एमाले स्थायी कमिटी बैठक स्थगित

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक कुनै पनि विषयमा प्रवेश नगरी स्थगित

फेरि प्रधानमन्त्री हुन षड्यन्त्र नगर्न ओलीलाई माधव नेपालको चेतावनी

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू तर्सेर मैदान छाडेर नभाग्ने

पार्टी एकतालाई जोगाउन छोटो अवधिमै यसलाई टुंग्याउनुपर्छः गोकर्ण विष्ट

काठमाडौं । नेकपा एमालेको विघटित एकता कार्यदलका नेताहरुले पार्टी एकतालाई छिटो टुंग्याउनुपर्नेमा जोड