कांग्रेसले भन्यो-युवा प्रदर्शनलाई दमन होइन, सम्बोधन गर



काठमाडौं । नेपाली कांग्रेसले देशका विभिन्न ठाउँमा केहि दिन यता भइरहेका प्रदर्शनलाई कोरोना विरुद्धको संघर्षमा केपी ओली नेतृत्वको सरकारको असफलताप्रतिको जनअसन्तुष्टि र जनआक्रोशका रूपमा लिएको जनाएको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार विज्ञप्ति जारी गरी प्रतिपक्षले निरन्तर दिएको साथ, सुझाव र घच्घचाहटलाई ओली सरकारले समयमै बुझेका कारण कोरोनाको संक्रमण यो रूपमा विस्तारित भएको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘प्रतिपक्षले निरन्तर दिएको साथ, सुझाव र घच्घचाहटलाई ओली सरकारले समयमै बुझेको भए न त कोरोनाको संक्रमण यो रूपमा विस्तारित हुने थियो न त यसरी जनआक्रोश बढ्ने थियोे । सरकारको आग्रह स्वीकारेर जनताले लक डाउनको पालना गर्दै आएकै हो । तर कोरोना विरुद्धको संघर्षलाई सबल ढंगले नेतृत्व गर्न सरकारले नसकेर परिस्थिति जटिल बन्दै गएपछि नागरिकमा निराशा, प्रश्न र आक्रोश जन्मनु स्वभाविक हो । अतः प्रदर्शनमा अभिब्यक्त जनभावनालाई सम्बोधन गर्न माग गर्दै कुनै पनि ढंगले बल प्रयोग गर्ने कार्य नगर्न नेपाली कांग्रेस सरकारलाई चेतावनी दिन चाहन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एकीकृत समाजवादीको महाधिवेशन असार १६ देखि २० सम्म काठमाडौंमा हुने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को राष्ट्रिय महाधिवेशन फेरि सरेको छ । बुधबार बसेको

राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेट गरेका छन् ।

सर्वोच्चको अन्तरिम आदेशको बेवास्ता गर्दै गण्डकीमा अधिवेशन आह्वान गरिएको भन्दै कांग्रेसको आपत्ति

गण्डकी । नेपाली कांग्रेस संसदीय दल गण्डकी प्रदेशले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको

सुहाङलाई जिताउन मतदातालाई ओलीको अपील

  इलाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नं २