‘कोरोनाबाट मृत्यु र संक्रमितको संख्या किन बढ्यो ? सबैकुरा म जान्दछु भन्ने प्रधानमन्त्रीको अहंकारले’



काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाल कोरोना रोकथाम र नियन्त्रणमा समय पर्याप्त हुँदाहुँदै सरकारले प्रभावकारी काम नगर्दा मृत्यु हुने र संक्रमित संख्या वृद्धि भइरहेको भन्दै आपत्ति जनाएका छन् । मंगलबारको संसद बैठकमा सांसद थापाले सरकार र त्यसमा पनि प्रधानमन्त्रीको गैरजिम्मेवारीपनका कारण मृतक र संक्रमितको संख्या बढेको बताउनुभयो । उनले काम नगर्ने तर दश अर्ब रुपैयाँ खर्च भयो भन्न लाज लाग्नुपर्ने बताए । उनले भने, ‘दश अर्ब कहाँ खर्च भयो? एकएक हिसाब चाहिन्छ, सरकारलाई अब सुतेर बस्न दिँदैनौं।’

कोरोनाबाट मात्र नभई भोकबाट, झुण्डिएर, अस्पताल जान नपाएर सुत्केरीको, क्वारेन्टाइनमै र आत्मदाहबाट मृत्यु हुनेको जिम्मा कसले लिने भन्दै थापाले प्रश्न गरेका छन् । उनले भने, ‘भोकबाट मारिएका सूर्यबहादुर तामाङ, झुण्डिएर मरेका चन्द्रबहादुर परियार, सुत्केरी हुन नसकेर मरेकी लालकुमारी रोकायलगायतको जिम्मा कसले लिन्छ?’
उनले काम गर्ने अदालत, प्रेस तथा नागरिक कसले रोके भन्दै प्रश्न गरेका छन् । उनको प्रश्न थियो, ‘नियन्त्रणमा रहँदारहँदै पनि कोरोनाको यो अवस्था? दोष कसको? पैसा नभएर, अदालतले वा कांग्रेसले छेक्यो? सबैकुरा म जान्दछु भन्ने प्रधानमन्त्रीको अहंकारले रोकेको । सरकारको अकर्मन्यताले रोकेको। असक्षमताले रोकेको हो।’

यो सरकारले कोरोना लडाइँबाट पार लगाउन नसक्ने उनले बताए । उनले अब आफूहरु सहयोग गर्छौं भनेर नबस्ने र त्यसको उत्तर खोज्ने उनले बताए । उनले भने, दश अर्ब कहाँ खर्च भयो, हामीलाई एकएक हिसाव चाहिन्छ। ’ उनले क्वारेन्टाइन भद्रगोल भएको भन्दै यो क्वारेन्टाइन हो कि कन्सन्ट्रेसन क्याम्प हो? भन्दै प्रश्न गरेका छन् । थापाले प्रधानमन्त्रीको गीत र कविताबाट जनताले राहत नपाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एमालेको प्रतिनिधि परिषद बैठकमा देउवा र प्रचण्डले पनि सम्बोधन गर्ने

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा उत्पन्न भएको निराशालाई तोड्नका लागि

कांग्रेसले भन्यो-गण्डकी र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुखबाट गरिएका निर्णय र क्रियाकलाप घोर आपत्तिजनक

काठमाडौं । नेपाली कांग्रेसले प्रदेश सरकार गठन गर्ने क्रममा गण्डकी र सुदूर पश्चिमका

गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित

गण्डकी । गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । अधिवेशनको पहिलो

कोसीका मुख्यमन्त्री कार्की विरूद्धको एमाले-माओवादीको संकल्प प्रस्ताव पारित

विराटनगर ।  कोशी प्रदेशसभाको आजको बैठकमा  सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको छ ।