कोरोना नियन्त्रण तथा रोकथाममा सरकार संवेदनशील नभएको कांग्रेसको निष्कर्ष



काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना नियन्त्रण र रोकथाम गर्न सरकार संवेदनशील नभएको निष्कर्ष निकालेको छ । पार्टी कार्यालय सानेपामा सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले कोरोनालाई नियन्त्रण गर्न सरकार पूर्णरुपमा असफल भएको भन्दै गैरजिम्मेवार र संवेदनशील नभएको निष्कर्ष निकालेको हो ।

बैठकले तत्काल स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत अग्रपंक्तिमा रहेर काम गर्नेका लागि व्यक्तिगत सुरक्षा र जाँचको व्यवस्था गर्न माग गरेको छ । त्यस्तै क्वारेन्टाइनको गुणस्तर बृद्धि गर्ने तथा अस्पतालमा बेडको संख्या बढाउन पनि कांग्रेस सरकारको ध्यानाकर्षण गराएको छ । त्यस्तै कांग्रेस सबै परीक्षण पीसीआर बिधिबाट गर्न पनि माग गरेको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।

बैठकले कोरोन जाँच नगरि क्वारेन्टाइनबाट घर पठाउने सम्बन्धी कार्यादेश तत्काल परिमार्जन गरि कोरोना पूर्णरुपमा निको भएपछि मात्र घर पठााउनुपर्नेमा जोड दिएको छ । त्यस्तै विदेशमा रहेका नेपालीलाई सुरक्षित रुपमा घर ल्याउने तथा भारतबाट नेपाली ल्याउने क्रममा नेपालीमाथि भएको व्यवहार तत्काल सुधार्न पनि सरकारलाई सुझाव दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पर्यटकीय क्षेत्रमा इन्द्रेणी पर्यटन आकर्षित गर्न सकिन्छः मन्त्री चौधरी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक

गगन थापाको प्रश्नः मेरो पार्टीका नेताले खराब काम गर्छ भने थुन्ने हो भन्ने हिम्मत रास्वपाले गर्छ ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गलत काम गर्ने जोसुकैलाई कानुनी दायरामा

यस्तो छ प्रतिनिधि परिषद्को बैठकमा प्रस्तुत ओलीको राजनीतिक प्रतिवेदन(पूर्णपाठ)

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई सफल बनाउन आफ्नो

नीति र नेतृत्वमा एमालेभित्र कुनै विवाद छैन : अध्यक्ष ओली

    काठमाडौं । नेकपा एमालेका  अध्यक्ष केपी शर्मा ओलीले नीति र नेतृत्वमा