जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता



काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी मिलेर बनेको जनता समाजवादी पार्टीले दल दर्ताका लागि निर्वाचन आयोगमा दर्ता भएको छ । नेतृत्वमा सहमति जुटेसँगै जनता समाजवादी पार्टी दर्ताका लागि डा. बाबुराम भटराई, महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतोलगायतका नेताहरु आइतबार निर्वाचन आयोग पुगेका थिए ।

उनीहरुले दल दर्ताका लागि आवश्यक कागजात बुझाएका छन् । आयोगले १३९२ नम्बरमा दल दर्ता गरेको छ । अब आयोगले कागजातको अध्ययन गरि समाजवादीलाई औपचारिक दल दर्ताको प्रमाणपत्र दिने छ । जनता समाजवादीका बरिष्ठ नेता राजेन्द्र महतोले सवै प्रक्रिया पुरा गरेर दल दर्ता गरिएको जानकारी दिए । उनले पार्टीको केन्द्रीय कार्यकारिणी समितिको अध्यक्षमा महन्त ठाकुर र उपेन्द्र यादव रहने बताए ।

त्यस्तै ५१ सदस्यीय कार्यकारीणि समितिमा डा बाबुराम भट्टराई अशोक राई र राजेन्द्र महतो वरिष्ठ नेता रहेका छन् । त्यस्तै राजनीतिक समिति १५१ सदस्यीय र केन्द्रीय समिति सात सय १ सदस्यीय रहने महतोले बताए । उनले नेपालको बैकल्पिक शक्तिको रुपमा जनता समाजवादी रहने भन्दै अन्य साना दलहरुसंग पनि एकताको प्रयास जारी राख्ने जानकारी दिए ।

दुई दलले वैशाख १० गते राति एकताका लागि सैद्धान्तिक सहमति गरेका थिए । त्यसको भोलिपल्ट अर्थात् ११ गते नेताहरु निर्वाचन आयोग पुगेर नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए ।

राजनीतिक दलसम्बन्धी ऐनअनुसार दुई पार्टीबीच एकता गर्ने घोषणा गरेको ४५ दिनभित्र दलको विधान, पार्टी नेतृत्व, पार्टी एकता गर्न गरिएको सहमति, दुवै पक्षका केन्द्रीय सदस्यको हस्ताक्षर, संयुक्त बैठकको निर्णय बुझाउनु पर्ने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गगन थापाको प्रश्नः मेरो पार्टीका नेताले खराब काम गर्छ भने थुन्ने हो भन्ने हिम्मत रास्वपाले गर्छ ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गलत काम गर्ने जोसुकैलाई कानुनी दायरामा

यस्तो छ प्रतिनिधि परिषद्को बैठकमा प्रस्तुत ओलीको राजनीतिक प्रतिवेदन(पूर्णपाठ)

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई सफल बनाउन आफ्नो

नीति र नेतृत्वमा एमालेभित्र कुनै विवाद छैन : अध्यक्ष ओली

    काठमाडौं । नेकपा एमालेका  अध्यक्ष केपी शर्मा ओलीले नीति र नेतृत्वमा

हाम्रो पार्टीको भूमिकालाई कसैले अवमूल्यन गर्छ भने उसले ठूलो मूल्य चुकाउनुपर्छः माधव नेपाल

रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफू कसैको दास बन्ने व्यक्ति