आफ्ना विरुद्ध सदनमा व्यक्त भनाई संसदको रेकर्डबाट हटाउन सरिता गिरीको माग



काठमाडौैं । समाजवादी पार्टीकी सांसद सरिता गिरीले सांसदबाट आफ्ना विरुद्ध सदनमा अभिव्यक्त भनाईलाई संसदीय रेकर्डबाट हटाउन माग गरेकी छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै गिरीले जेठ १९ गतेको बैठकमा आफ्नो अनुपस्थितिमा एक सांसदले दिएको अभिव्यक्ति संसदीय गरीमा र मर्यादा विपरीत रहेको भन्दै रेकर्डबाट हटाउन माग गरेकी हुन् ।

उनले मन्तव्यमा प्रयोग गरिएको भाषा र शब्दले संसदको सार्वभौमसत्तामाथि आक्रमण गरेको दाबी गर्दै त्यो मन्तव्य संसदीय रेकर्डबाट हटाउन माग गरेकी हुन् । गिरीले सांसदले दिएको मन्तव्य फैलाउने किसिमको भएको भन्दै कारबाही अघि बढाउन गृह मन्त्रालयको ध्यानाकर्षण गराईन् । चौधरीका पति दाङको राप्ती गाउँपालिकामा चुनाव लड्दा भारु बाँडेको र गाउँलेले समात्दा यो भारु त चीनको तर्फबाट बाँडेको भनेको दाबी गरिन् ।

उनले भनिन्,‘सभामुखज्यू म त्यो भाषा प्रयोग त गर्दिन तर त्यो घृणा फैलाउने भाषा थियो । ती सांसदले प्रयोग गरेको भाषा कारबाही अघि बढाउन पर्याप्त त म गृह मन्त्रालयको ध्यानाकर्षण गराउन चाहुन्छु ।’

उनले आफू चाँदीको किस्तीमा कसैले सांसद पद नदिएको भन्दै आफ्नो पदीय मर्यादामा रहेर अरुसंग पनि मर्यादित व्यवहार गर्नुपर्ने बताइन् । जेठ १९ गतेको प्रतिनिधिसभा बैठकमा सांसद गंगा चौधरीले भारतबाट अतिक्रमित नेपाली भूमिका विषयमा दिएको अभिव्यक्तिलाई लिएर सांसद गिरी र अग्रहरीले आपत्ति जनाएकी हुन् । सांसद अमृता देवी अग्रहरीले गंगा चौधरीले आफ्नो अभिव्यक्तिप्रति माफी माग्नुपर्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
किन गर्छ सचिवालयले प्रधानमन्त्री देउवाको यसरी प्रचार ?

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रशंसा गरिएको भिडियो उनको

कार्यदलले प्रधानमन्त्रीलाई न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन बुझाउँदै

काठमाडौं । सत्तारुढ गठबन्धनको कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालाई

राष्ट्रपति र प्रधानमन्त्रीबीच समसामयिक विषयमा छलफल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच समसामयिक विषयमा बिहीबार अपराह्न

सरकारी छात्रवृत्तिमा बूढानीलकण्ठ स्कुलमा पढ्ने अवसर

काठमाडौँ । नेपाल सरकार शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले  सरकारी छात्रवृत्तिमा बूढानीलकण्ठ स्कुलमा विद्यार्थीहरुलाई