जेठ २५ सम्म कर बुझाउनु भन्नु अप्राकृतिक निर्णयः कांग्रेस



काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले लकडाउनको समय अवधिभित्रै कर बुझाउन सरकारले जारी गरेको सूचनालाई गैरजिम्मेवारीपनको पराकाष्ठा भन्दै निर्णय सच्याउन माग गरेको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले मंगलबार विज्ञप्ति जारी गरी सम्पूर्ण उद्योग कलकारखाना बन्द रहेको अवस्थामा तत्काल कर बुझाउनु भनेर सूचना जारी गर्नु अप्राकृतिक, अव्यवहारिक र गैरजिम्मेवारको पराकाष्ठा भन्दै निर्णय फिर्ता लिन माग गरेका हुन् ।

उसले सरकार लकडाउनको अवधिमा पनि जनतालाई आतंकित गर्ने कार्य गर्दै आइरहेको भन्दै भन्दै आपत्ति जनाएको छ । कांग्रेसले भनेको छ, ‘सरकार जनताप्रति अनुत्तरदायी भएको कारण सरकारको कार्य क्षमतामा प्रश्न चिन्ह खडा भएको छ । सरकार दिनप्रति दिन असफल हुँदै गइरहेको छ ।’

त्यसैगरी कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भनेका छन्, ‘सांसद बिकास कोष खारेज गर्न साहस नराख्ने अनि ठप्प ब्यवसायलाई कर ताकेता ? जेठ २५ भित्र कर तिर्न नसक्ने भद्रअवज्ञा को अर्को विकल्प छैन ! गलैंचा,जिमखाना र यो ताकेता । शोध्न चाहन्छु कसैको ब्यक्तिगत सनकमा देश चल्दैछ कि यहि हो प्रधानमन्त्री केपी शर्मा ओली कम्युनिस्ट समाजवादको आधारशिला ??’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एमाले र कांग्रेसको समीकरण बन्न सक्दैनः अध्यक्ष ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले बनेको सत्ता समीकरण स्वार्थसिद्धिका

बागमतीमा ४ दलबीच ५ बुँदे सहमति, हानेपाबाट बज्राचार्य बने मन्त्री

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यले पद तथा गोपनियताको शपथ लिएका

इलाम-२ मा मिलन लिम्बूलाई उम्मेदवार बनाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि मिलन

राष्ट्रियसभा उपाध्यक्ष अर्याललले दिइन् पदबाट राजीनामा

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । उनले बिहीबार