चिनियाँ सर्वेक्षकहरूको टोली सगरमाथाको शिखरमा



काठमाडौं । चिनियाँ सर्वेक्षकहरूको एउटा टोलीले तिब्बती मोहडाबाट सगरमाथाको सफल आरोहण गरेको छ । कोरोनाभाइरस महामारी फैलिएपछि नेपाल र चीनले पर्वतारोहणसम्बन्धी सबै गतिविधि बन्द गरेको बेला यो वर्षको वसन्तऋतुमा विश्वको सर्वोच्च शिखरमा उक्त टोली मात्र पुगेको छ । चिनियाँ सञ्चारमाध्यमका अनुसार उक्त टोली सगरमाथाको उचाइ पुनः मापन गर्न गएको हो । सगरमाथा नेपाल र चीनको सीमामा अवस्थित छ ।

नेपालका अनुसार सगरमाथाको उचाइ ८,८४८ मिटर छ । तर अहिलेसम्म चीनले त्यसभन्दा चार मिटर कम भएको मानेको छ । चिनियाँ टोलीले गत अप्रिल महिनामा आफ्नो आरोहण अभियान थालेको थियो । तर प्रतिकूल मौसमका कारण त्यो प्रभावित भयो । हावा चलिरहेको बेला सर्वेक्षकहरू सगरमाथाको चुचुरोमा काम गरिरहेको तस्बिर सार्वजनिक भएका छन् । आरोहण गरेपछि टोलीका सदस्यहरूले शिखरमा सर्वेक्षणको चिनो गाडेको समाचारसंस्था सिन्ह्वाले जनाएको छ ।

उसका अनुसार मङ्गलवार पर्वतारोहीलाई आरोहण गर्न सहज बनाइदिन डोरी टाँगिएको थियो । यो वर्ष चीनले सगरमाथाको सफल आरोहणको ६० औँ वार्षिकोत्सव मनाउन लागेको छ । चीनले सन् २००५ मा पनि सगरमाथाको उचाइ नापेको थियो । त्यसपछि उसले विश्वको सर्वोच्च शिखरको उचाइ हिउँको तहबाहेक ८ हजार ८४४ दशमलव ४३ मिटर भएको बताउने गरेको छ । तर नेपालले अहिलेसम्म भारतमा ब्रिटिश शासन हुँदा निर्धारित उचाइ ८,८४८ मिटरलाई मान्यता दिँदै आएको छ। यो उचाइमा हिउँको तह पनि समाविष्ट छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली युवा रोजगारीका लागि बाध्यात्मकरुपले विदेशिनुपर्ने अवस्थालाई अन्त्य गर्छौंः श्रममन्त्री अर्याल

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले विदेशबाट फर्किएकालाई नेपालभित्रै रोजगारीको

कुमारीको मनोभावमा आधारित नाटक ‘अग्निच्क्षु’ मञ्चन

  काठमाडौँ । कुमारीलाई जीवित देवीको मान्यता दिइन्छ । निश्चित समय मन्दिरमा बसेपछि

सरकारले एक हजार प्रतिभावान युवालाई फेलोसिप उपलब्ध गराउने

  काठमाडौँ । सरकारले विभिन्न विषय क्षेत्रका एक हजार प्रतिभावान युवालाई ‘फेलोसिप’ उपलब्ध

१० लाख रुपैयाँमा सुरु गरेको बेकरीबाट मासिक २ लाख आम्दानी गर्दै धरानका दुई युवा

धरान ।  ‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण छैन’ भन्नेहरूका लागि धरानका दुई