महाकाली र टनकपुर सन्धिबारे ओली र देउवाले संसदमा उभिएर यथार्थ बोल्नुपर्छ



नारायण गाउँले ।

महाकाली सन्धि र टनकपुरबारे धेरै सुनिन्छ । यो सन्धि गर्ने भारतीय पक्ष त शायद सत्तामा छैन तर यसका नेपाली पक्ष भने अझै सत्ताकै अगलबगल छन् । मुख्यपात्र देउबा र ओली हुनुहुँदो रहेछ ।

सन्धि पूर्णतः गलत थियो होला भन्ने मलाई लाग्दैन । पक्कै लामो गृहकार्य र नाफाघाटाको हरहिसाब पछि यो अनुमोदन भयो होला । ओलीजीको नेतृत्वमा बनेको अध्ययन कार्यदलले सन्धि राष्ट्रिय हितमा रहेको निष्कर्ष समेत निकालेको रहेछ ।

सधैँभरि सबै प्रोजेक्टबाट सोचेजस्तो परिणाम आउँदैन । कहिलेकाहीँ उद्देश्य सही भए पनि परिणाम गलत पनि आउन सक्छ । महाकाली पनि अपवाद हुन सक्छ । ठूलो सन्धि र प्रोजेक्टबारे सम्झौता गर्दा हामीसँग विज्ञता र आत्मबल पनि कमजोर थियो होला ।

आज कालापानीको प्रसङ्गसँगै महाकाली सन्धि पनि गाँसिएर आएको छ । परराष्ट्रमन्त्रीले त सन्धि आफैमा एउटा गम्भीर गल्ती भएको बताउनुभएको छ । यसको अर्थ हुन्छ, त्यो बेलाका प्रधानमन्त्री देउबा र सन्धिको समर्थक ओलीजीले गम्भीर गल्ती गर्नुभएको थियो ।

आफ्नै सरकारले गल्ती स्वीकार गरेपछि ओलीजीमाथि पनि गम्भीर नैतिक प्रश्न उठेको छ । प्रश्न देउबामाथि त छँदै छ ।

के संसदमा उभिएर दुई घण्टा उहाँहरू दुबैले सन्धिको यथार्थबारे बोल्न मिल्दैन ? यो आजको सबैभन्दा पेचिलो प्रश्नमा जबाफ दिनु उहाँहरूको नैतिक र वैधानिक दायित्व होइन ? विश्वभर शासकले यस्तो प्रश्नमा जबाफ र सफाइ दिने चलन छ । यो त उहाँहरूको सिङ्गो राजनैतिक जीवनसँग जोडिएको विषय पनि हो ।

के कारण सन्धि जायज र आवश्यक थियो ? कुन कुन प्रावधान देशहितमा थियो ? कुन कुन बुँदा ‘कम्प्रोमाइज’ थिए र तिनको बदला केके पक्षमा हाम्रो हात माथि थियो ? किन यो सन्धि पूर्ण रूपमा कार्यान्वयन भएन ? जिम्मेबारी ककसको हो जस्ता प्रश्नको उत्तर उहाँहरूले दिनुपर्दैन ?

बास्तवमैं त्यो सन्धि गलत थियो भने त सत्तामा एक मिनेट बस्ने नैतिकता पनि नहुनुपर्ने हो । देशको भूमि बेच्नु जस्तो राष्ट्रघात अर्को हुन सक्दैन । यदि त्यो गलत नै थियो भने दुबैले माफी मागेर राजनैतिक जीवनबाट सन्न्यास लिनुपर्ने हो ।

सन्धि जायज थियो भने त्यसको बचाउ गर्न सकिन्न ? यति यति कारणले त्यो सही थियो भन्न सकिन्न ? त्यस बेलाको परिस्थिति र सन्धिका अन्तर्वस्तुबारे आजको पुस्तालाई जानकारी दिन सकिन्न ? के यति गम्भीर राजनैतिक विषयमा जबाफदेहिता प्रदर्शन गर्न सकिन्न ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
म किन सामाजिक संजालसम्बन्धी विधेयक फिर्ता लैजानुपर्छ भन्दैछु ?

-सुमना श्रेष्ठ दुई वर्षको संसदीय अनुभवमा मैले धेरै नै विधेयकमा संशोधन हाल्ने, संशोधनको

निर्यात नै गर्न नसके पनि कति धेरै कुराको आयात प्रतिस्थापन हुनसक्थ्यो कि ?

नारायण गाउँले । एउटा यस्तो रुखबिरुवाको नाम सोच्नुहोस्, जुन प्लेट (थालकटौरा) देखि चम्चासम्म

राजनीतिमा युवालाई प्रोत्साहन गर्दै नयाँ विचार स्थापित गरेर देशलाई निकास दिनुपर्छः बाबुराम भट्टराई

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक डा बाबुराम भट्टराईले महाधिवेशनमार्फत

प्रचण्डलाई लेखनाथको प्रश्नः पार्टीको निर्णयप्रति न प्रश्न उठाइयो, न इन्कार नै, अनि हामी गलत कसरी भइयो ?

लेखनाथ न्यौपाने । कमरेड प्रचण्डले हिजो हामी ४/५ जना साथीहरूको नामै लिएर विद्यार्थी