राजाहरुको तस्वीर अंकित नोट निषेध गर्ने निर्णय फिर्ता लिन प्रधानमन्त्रीलाई कमल थापाको आग्रह
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजाहरुको तस्वीर अंकित नोट निषेधगर्ने निर्णय इतिहास मेटाउने पूर्वाग्रही कदम भएको टिप्पणी गरेका छन् । राष्ट्र बैंकले आइतबार पूर्वराजाका तस्वीर अंकित नोटलाई झुत्रा नोटसँग तुलना गर्दै प्रयोगमा नल्याउन बैंक तथा वित्तिय संस्थालाई परिपत्र गरेपछि अध्यक्ष थापाले यस्तो टिप्पणी गरेका हुन् । उनले यसले राष्ट्रवादी शक्तिलाई विभाजित गर्ने भन्दै निर्णय फिर्तागर्न प्रधनमन्त्रीलाई आग्रह गरेका छन् ।