कृषि क्रान्तिको प्रेरक बन्दै पूर्वमन्त्री विष्ट



नारायण गाउँले ।

बेलायत या अमेरिकाको आकर्षक जीवन छोडेर राजनीतिमा फर्केकाहरूको त खुब चर्चा हुन्छ तर सिंहदरबारको घुम्ने कुर्सी छोडेर कोदालो समाउन फर्किनेहरूले त्यति चर्चा पाउँदैनन् । तिनमा एक्सपोजरको लोभ पनि हुँदैन ।

पूर्व मन्त्री एवं माओवादी नेता लोकेन्द्र बिष्टले उर्जाशील यौवन हतियार बोकेरै बिताए । देशलाई स्विट्जरल्याण्ड बनाउने सपना बोकेर लड़िएको युद्धले उनलाई सत्ता र एक जोर सुकिलो लुगा त दियो तर सामन्तवादविरुद्ध लड्दालड्दै आफ्नै साथीभाइमा बढ्दै गएको सामन्ती सोच र राजसी जीवनशैली नजिकबाट हेरेका उनलाई राजनीतिले देश स्विट्जरल्याण्ड बन्छ जस्तो लागेन । फुटाउने, ग्रुप बनाउने, तोड्ने, किन्ने, सिध्याउने र थुपार्ने जस्तो काममैं जीवन बिताउन यी राजी भएनन् ।

यी कोदालोमा फर्किए । धान खेती सुरु गरे । शायद सोचेजस्तो भएन । अहिले दाङ् पुगेर ‘ड्रागन-फ्रुट’खेती गर्दै रहेछन् । असार पन्ध्रमा शेर बहादुर देउबा या बाबुरामले हलो समाएको तस्बीर आउँछ, मन्त्रीले गमलामा धान रोपेको फोटो शेयर हुन्छ तर यी चुपचाप रातदिन खेतमा हुँदा रहेछन् । असारको पन्ध्र होस् या पच्चीस, एउटा किसान माटोमैं हुन्छ, फेसबुकको फोटोमा हुँदैन ।
कृषि-क्रान्ति शीर्षकमा भाषण गर्न पर्यो भने यी सोझा र कर्मशील मगर अन्कनाउलान्, शब्द नभेटिएला । तर ओली या प्रचण्डले धारावाहिक रूपमा तीन घण्टा बोल्न सक्छन् ।

बिडम्बना के छ भने सिंहदरबार सधैँ बोल्नेहरूको मात्रै हुँदै आयो । गर्नेहरूलाई कहिल्यै बोल्न आएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हजुरबुबाको त्यो गरिबी र आजको मेरो सम्पन्नता !

नारायण गाउँले । धेरै नपढेको र जागीर नखानुभएको हजुरबुबा–आमाले बनाउनुभएको घर ‘पक्की’ थिएन

सुख्खा हिउँद: न हिमपात, न वर्षा

ध्रुवसागर शर्मा, म्याग्दी । हिउँदको समय सकिन अब करिब तीन साता मात्रै बाँकी

एक वर्षअघि मलेसियामा हत्या गरिएकी छोरीको शव ल्याउन भौँतारिरहेकी ७० वर्षीया आमा

विष्णुप्रसाद गौडेल, नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–४ की ७० वर्षीया

राज्यले अनेकौं आविष्कार केन्द्रको स्थापनाबाट युवाहरूलाई डिजिटल क्रान्तिका योद्धा बनाउनुपर्छ

-डा. युवराज संग्रौला । देशलाइ वर्तमान अवस्थाबाट वा आर्थिक संकट र राजनीति अस्थिरताको