‘हाम्रो हातमा नक्सा उनको हातमा जमिन हुनुहुन्न’
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नक्सा परिवर्तन हुनु सकारात्मक र स्वागतयोग्य कदम भएको बताएका छन् । मंगलबार ट्वीट गर्दै प्रवक्ता शर्माले अब कालापानीबाट भारतीय सेना फिर्ता हुनुपर्ने उल्लेख गरेका हुन् । उनले हाम्रो हातमा नक्सा र उनको हातमा जमिन हुनुहुन्न नहुने बताएका छन् ।
उनले लेखेका छन्, ‘नक्सा पारित हुनु सकारात्मक र स्वागतयोग्य । भारतीय सेना कालापानीबाट फिर्ता हुनुपर्छ,नेपालको पुरै भुभागमा नेपालको पुर्ण हक कायम हुनुपर्छ । अब सरकारको वास्तविक परिक्षा प्रारम्भ भएको छ । दुवै छिमेकीसंग गहन कुटनैतिक पहल शुरु गर्नुपर्छ । हाम्रो हातमा नक्सा उनको हातमा जमिन हुनुहुन्न ।’