भारतको शैली डब्ल्यूएचओको मापदण्ड विपरीतः मुख्यमन्त्री पोखरेल
काठमाडौं । प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले कोरोना परीक्षण नगराइकन भारतले नेपालीहरुलाई सीमामा अलपत्र छाडेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । बिहीबार बिहान सामाथिक संजाल फेसबुकमार्फत पोखरेलले भारतको शैली डब्ल्यूएचओको मापदण्ड विपरीत भएको बताएका हुन् ।
उनले लेखेका छन्, ‘विनापरिक्षण नेपालीलाई सीमामा अलपत्र छोड्ने भारतीय शैली डव्लुएचओको मापदण्ड विपरित छ । संक्रमितलाई असुरक्षित यात्रा गराउन मिल्दैन ।’ अहिले भारतले लकडाउन केही खुकुले बनाउँदै अलपत्र मजदूरहरुलाई विभिन्न सहरबाट घर पठाइरहेको छ । त्यसक्रममा धेरै नेपाली पनि सीमामा आएका छन् । नेपालले कोरोना संक्रमित भारतीय नागरिकको उपचार गराइरहे पनि भारतले भने विना परीक्षण नेपालीहरुलाई सीमामा ल्याएर छाडने गरेको छ ।