नेकपाले बोलायो स्थायी कमिटी बैठक, बैठक बुधबार बिहान ११ बजे बस्ने
काठमाडौँ । सत्तारुढ नेकपाले बुधबार बिहान ११ बजे स्थायी कमिटी बैठक बोलाएको छ । बुधबार पार्टी कार्यालय धुम्बाराहीमा स्थायी कमिटीको बैठक बोलाएको हो । सरकारले जारी गरेका दुई अध्यादेश प्रकरणपछि आन्तरिक विवाद बढेपछि पार्टीका २० जना स्थायी कमिटी सदस्यहरुले बैठक बोलाउन माग गरेका थिए ।
तर यसअघि वैशाख २५ गते बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो । अध्यादेश जारी भएपछि प्रधानमन्त्री ओलीको अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा बरिष्ठ नेता माधव नेपाल समूहले चर्को आलोचना गरेको थियो ।