पिसिआर परीक्षण बढाउन र लकडाउन खुकुलो पार्न संसदीय समितिको निर्देशन
काठमाडौं । संसदीय समितिले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि पीसीआर प्रविधिबाट गरिने परीक्षणलाई बढाउन र लकडाउनलाई क्रमिक रुपमा खुकुलो पार्न सरकारलाई निर्देशन दिएको छ ।
संसदको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकले कोरोना नियन्त्रणका लागि पीसीआर विधिबाट गरिने परीक्षणलाई बढाउन सरकारलाई निर्देशन दिएको हो । समितिले स्थानीय स्तरमा निर्माण गरिएका क्वारेन्टाइन मापदण्ड अनुसार बनाउनुपर्ने, आइसोलेसन बेडहरु पर्याप्त मात्रामा निर्माण गर्नुपर्ने, उत्पादित वस्तु बजारसम्म पुर्याउन सहज बनाउन समेत निर्देशन दिएको छ ।
त्यसैगरी समितिले विदेशमा अलपत्र नेपाली कामदार र भारतसँगको सीमा क्षेत्रमा बसेका नेपाली नागरिकलाई संक्रमण नियन्त्रण सम्बन्धी विश्वव्यापी मापदण्ड अनुसार व्यवस्थित रुपमा घर फर्कने व्यवस्था मिलाउन समेत निर्देशन दिएको छ ।