कमल थापाको प्रस्तावः राष्ट्रप्रमुखमा राष्ट्रिय एकताको प्रतिक राजसंस्था



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, राष्ट्रप्रमुखमा राष्ट्रिय एकताको प्रतिक राजसंस्था र स्थानीय स्वायत्त शासन प्रणालीवारे बहस गर्नुपर्ने बेला आएको बताएका छन् । सामाजिक संजाल फेसबुकमा अध्यक्ष थापाले १४ बर्षको अभ्यासबाट पाठ सिकेर यस्तो शासन प्रणालीबारे बहस गर्न आग्रह गरेका हुन् ।

थापाले लेखेका छन्, ‘तितोलाग्न सक्छ,तर देशमा विद्यमान श्रृखंलावद्ध विकृतिको मुलकारक ‘कथित’आमुल परिवर्तनको नाममा हठात लादिएको जवाफदेहिताबिहीन, अविभावकबिहीन र धरातलीय यथार्थ विपरितको व्यवस्था र प्रणाली हो । पहिलेको व्यवस्था ठीक थियो भन्ने होइन, तर त्यसमा क्रमिक सुधार गर्दै जानु उपयुक्त हुने थियो ।’ अब जे हुने भैसक्यो । पुरानो व्यवस्थामा फर्कने होईन, सम्भव पनि छैन । १४ बर्षको अभ्यासबाट पाठ सिकेर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, राष्ट्रप्रमुखमा राष्ट्रिय एकताको प्रतिक राजसंस्था र स्थानीय स्वायत्त शासन प्रणालीवारे बहस गरौं । राष्ट्रिय सहमति कायम गरि अघि बढौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
देश र संसार बुझ्न कविता प्रभावशाली माध्यम हो: पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समाज विकासमा भाषा, कला र साहित्यको भूमिका महत्त्वपूर्ण

केबलकार विवाद समाधान गर्न नेता शर्माको सुझाव

ताप्लेजुङ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले पाथीभरामा निर्माणाधीन केबलकार

स्ववियु निर्वाचनको नतिजाले नै राजतन्त्रको पक्षमा जनमत छैन भन्ने पुष्टि भयोः महामन्त्री शर्मा

दमौली । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोकतान्त्रिक गणतन्त्रको विकल्प नभएको बताएका छन्

जनताले २०६४ को भन्दा उचाइको महसुस गरेर प्रचण्ड नै चाहिन्छ भन्न थालेका छनः प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्ट व्यक्तिलाई उर्जामन्त्री बनाइएको