पार्टी कमिटीलाई बाइपास गरेर नहिंड्नु प्रधानमन्त्रीलाई भनेको हुँः वामदेव गौतम
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले पार्टीभित्र र सरकार संचालनमा उत्पन्न भएका समस्या समाधान पार्टी र पार्टी किमिटीलाई बाइपास गरेर नहुने सुझाव प्रधाानमन्त्री केपी शर्मा ओलीलाई दिएको बताएका छन् ।
आइतबार विज्ञप्ति जारी गरी उपाध्यक्ष गौतमले सरकारले ल्याएको अध्यादेश जारी र खारेज प्रकरणलाई लिएर पार्टीभित्र र समस्या उत्पन्न भएको उल्लेख गरेका छन्।
विज्ञप्तीमा भनिएको छ, ‘समय र परिस्थिति प्रतिकूल जारी अध्यादेशहरू खारेज गरिएपछि पनि अनेकौं समस्या पार्टीभित्र उत्पन्न भएका छन्,यी समस्या समाधान पार्टी र पार्टी कमिटीलाई बाइपास गरेर होइन प्रधानमन्त्रीले प्रत्यक्ष छलफल गरेर र सबै किसिमका विचारहरूको सामना गरेर मात्र गर्न सकिन्छ।’