जारी अध्यादेश र लकडाउनकाबारेमा प्रधानमन्त्री ओली र प्रचण्डले सातै प्रदेशका सांसदहरुसँग सुझाव लिँदै
काठमाडौं । प्रधानमन्त्री एवं पार्टी अघ्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुषकमल दाहाल “प्रचण्ड“ले पार्टी स्थापना दिवसको अवसरमा बालुवाटारमा संघीय संसदमा प्रतिनिधित्व गर्नेे नेकपाका सांसदहरूसँग प्रदेशस्तरीय समुहमा छलफल सुरु गरेका छन् ।
बुधबार सुदूर पश्चिम प्रदेशबाट शुरू भएको छलफल प्रदेश एक र वागमती प्रदेश हुँदै क्रमशः सातवटै प्रदेशका सांसदहरूसँग आज र भोलिसम्म गरिनेछ । सांसदहरुसँग जारी अध्यादेश र कोरोना भाइरसविरूद्दको लकडाउन लगायतका विषयहरूमा सांसदहरूलाई स्पष्ट गर्न यसरी छलफल गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।