‘यी श्रमिक जागेका दिन पर्ख कणहरू !’



काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले हिंडेर गन्व्यतिर गइरहेका नागरिकलाई रोक लगाउन प्रधानमन्त्रीले दिएको निर्देशनप्रति असन्तुष्टि जनाएका छन् ।

शुक्रबार राति ट्वीट गर्दै भट्टराईले प्रधानमन्त्रीको निर्देशनप्रति असन्तुष्टि जनाएका हुन् । उनले प्रधानमन्त्री काम पनि नगर्ने र बाटो पनि नछाड्ने भन्दै प्रधानमन्त्रीको काम गराई प्रति असन्तुष्टि जनएका हुन् । उनले लेखेका छन्, ‘सरकारको गति न ह.. न बाटो छोड्छ भने जस्तो भयो!मिडिया,सांसद,अदालत सबै चिच्याउँदा पनि लम्बे यात्रामा भोकै पैदल हिंडेका श्रमिकहरूको पीडाले यसलाई छुँदैछुँदैन! भूकम्पको वेलाजस्तो हामी सांसद र नागरिकले स्वतन्त्र पहल गरौं भने पनि स्वास्थ्य प्रोटोकलले नमिल्ने ! यी श्रमिक जागेका दिन पर्ख कणहरू!

प्रधानमन्त्रीले शुक्रबार दिउँसो बालुवाटारमा मन्त्रिपरिषद् सदस्यहरु, उच्चस्तरीय समन्वय समिति, कोभिड क्राइसीस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) का पदाधिकारीसहितलाई बोलाएर लकडाउनको कडा पालना गराउन निर्देशन दिएका थिए ।

उनले जो जहाँ हिँडेर पुगेको छ त्यही बस्ने व्यवस्था गर्न र खानबस्नका लागि स्थानीय र प्रदेश सरकारले व्यवस्थापन गर्न निर्देशन दिएका थिए । यता शुक्रबारै सर्वोच्च अदालतले पनि अलपत्र नागरिकलाई निःशुल्क गन्तव्यसम्म पुर्याउन सरकारलाई आदेश दिएको थियो । तर प्रधानमन्त्रीले त्यसको बेवास्ता गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘ग्लोबल साउथ’ बीच ‘कनेक्टिभिटी’ र सामूहिक सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले ग्लोबल–साउथले बहुसङ्ख्यक मानिसको प्रतिनिधित्व गर्ने भएकाले

संसदमा १० सांसदको प्रश्न र प्रधानमन्त्रीको जवाफ

  काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले  राष्ट्रिय गौरव र राष्ट्रिय प्राथमिकताका ठूला

नवीकरणीय ऊर्जासम्बन्धी विधेयक सर्वसम्मतिले पारित

काठमाडौँ । राष्ट्रियसभाको आइतबारको बैठकले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१ सर्वसम्मतिले

मुलुकमा लगानीको वातावरण निर्माण गरी रोजगारी सिर्जना हुँदैछ: प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा लगानीको वातावरण निर्माण गरी रोजगारी सिर्जना गर्न