चीनका लागि नेपाली राजदूतमा पाण्डे नियुक्त
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले महेन्द्रबहादुर पाण्डेलाई जनवादी गणतन्त्र चीनका लागि नेपालको राजदूतमा नियुक्त गरेकी छन् । राष्ट्रपति कार्यालयले शुक्रबार विज्ञप्ति जारी गरी संविधानको धारा २८२ अनुसार पाण्डेलाई चीनको राजदूतमा नियुक्त गरिएको जनाएको छ । तत्कालीन राजदूत पौड्याल फिर्ता भएसँगै चीनका लागि नेपाली राजदूत रिक्त थियो ।
सरकारले गत फागुन १८ गते लीलामणि पौड्याललाई फिर्ता बोलाएर पाण्डेलाई चीनका लागि आवासीय र उत्तर कोरिया तथा मंगोलियाका लागि गैरआवासीय राजदूतमा नियुक्त गर्न पाण्डेलाई सिफारिस गरेको थियो । त्यसपछि संसदीय सुनुवाइ समितिले राजदूतमा पाण्डेको नाम अनुमोदन गरेको थियो ।