सरकार महामारी नियन्त्रणमा गम्भीर देखिएनः नेता खाँण



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार कोरोना महामारी नियन्त्रणको कामालई छाडेर आफ्ना निकटस्थहरुलाई जागिर खुवाउनेतिर लागेको आरोप लगाएको छ ।

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले विज्ञप्ती जारी गरी अहिले सरकारको पहिलो काम जनताको सुरक्षा गर्नु हुनुपर्नेमा गम्भीर नभएको बताएका हुन् । विज्ञप्तीमा भनिएको छ, ‘वर्तमान सरकार जनताप्रतिको आफ्ना जिम्मेवारीबाट पन्छिँदै यस्तो गम्भीर एवं संकटको समयमा केही आयोगको गठन गरी आफ्ना निकटस्थहरुलाई राजनीतिक व्यवस्थापन र जागिर खुवाउने मनसुवाबाट अगाडि बढेको देखिन्छ।’

महामारी नियन्त्रण, न्यूनिकरण र संक्रमितहरुको उपचारमा सरकारलाई सबैको सहयोग भएपनि सरकार गम्भीर नबनेको उनले आरोप लगाएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सुकुम्बासी समस्या समाधान आयोग गठन गरेको थियो । आयोगको अध्यक्षमा देवी ज्ञवालीलाई नियुक्त गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बुटवललाई आममानिसको रोजाइको सहर बनाउन लागि परेका छौँः मेयर पाण्डेय(अन्तरवार्ता)

बुटवल । स्थानीय जनप्रतिनिधिले कार्यभार सम्हालेको साढे दुई वर्ष पूरा भएको छ ।

अध्यादेशका विषयमा छलफल गर्न प्रधानमन्त्री निवासमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक

  काठमाडौँ । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ

अध्यादेश पारित गर्ने अन्य विकल्प पनि छन्ः महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सरकारले ल्याएका अध्यादेश कसैले विरोध गर्दैमा