प्रधानमन्त्रीसँगको भिडियो कन्फरेन्समा के भने सातै प्रदेशका मुख्यमन्त्रीहरुले ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो कन्फरेन्समार्फत कोरोना रोकथाम तथा नियन्त्रणबारेमा छलफल गरेका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरवारको एक्सन रुमबाट प्रधानमन्त्रीले मुख्यमन्त्रीहरुसँग कोरोना महामारी विरुद्ध भइरहेको कामकाबारेमा छलफल गरेका हुन् ।
त्यसक्रममा कोरोना रोकथामका लागि कुनै कसर बाँकी नराख्न प्रधानमन्त्रीले मुख्यमन्त्रीहरुलाई सुझाव दिएका थिए । भिडियो कन्फरेन्समा प्रदेश एकका मुख्यमन्त्री शेरधन राई, प्रदेश २ का लालबाबु राउत, वागमती प्रदेशका डोरमणी पौडेल र गण्डकी प्रदेशका पृथ्वीसुब्बा गुरूङले आआफ्नो प्रदेशमा भइरहेका प्रयासबारे स्थिति जानकारी गराएका छन् ।