निजी र तुच्छ स्वार्थका लागि आफ्नै भविष्यलाई दाउमा नराखौंः योगेश भट्टराई
योगेश भट्टराई, पर्यटनमन्त्री
यो सँकटकालीन र बिशेष अवस्था हो
१. यो आम चुनावको प्रचार अभियान होइन । जहाँ एउटा पार्टीले अर्को पार्टीका बिरुद्ध र एउटा उम्मेदवारले अर्को उम्मेदवारका बिरुद्ध आरोप र प्रत्यारोप झै संचार माध्यममा छरपस्ट नहोऔ ।
२. यो पार्टी भित्रका मत मतान्तरलाई सार्वजनिक बहस गरेर पार्टी र मुलुकको एकतालाई कमजोर बनाउने बेला होईन । पार्टीको महाधिबेशन घोषणा भएको छैन। समयलाई पर्खौ ।
३. मानब जाति, देश, समाज, पार्टी, परिवार र ब्यक्तिको अस्तित्व रहने कि नरहने ? मानव सभ्यता नै समाप्त हुने हो कि ? भन्ने खतरा रहेको अवस्थामा निजी र तुच्छ स्वार्थका लागि आफ्नै भबिश्यलाई दाउमा नराखौ ।
४. आफू बाचौं र मानव जातिको रक्षा गरौ । एकताबद्ध होऔ । जब ढुक्कसँग बाचिन्छ तब कस्ले कस्लाई कार्बाही गर्ने हो गरौला । नियतमा कुनै खोट छैन । असल मनसायले गरेका काममा भुलबस कुनै गल्ती भएको रहेछ भने सहुँला बुझाउँला ।
आजलाई यत्ति !