कोरोनाको जोखिम न्यूनिकरणका लागि तयारीमा जुट्न पार्टी कार्यकर्तालाई ओली र प्रचण्डको निर्देशन



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले कोरोना भाइरसको जोखिमबाट बच्न र बचाउन उच्च सतर्कताका साथ तयारीमा जुट्न पार्टी कार्यकर्तालाई सर्कुलर गरेको छ ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार विशेष सर्कुलर जारी गरी सरकारले चालेका कदम महत्वपूर्ण भएकाले यसको स्वागत र समर्थन गरी सहयोगी हात फैलाउन आग्रह गरिएको छ । पार्टीले अर्को निर्देशन नआएसम्मका लागि पार्टी तथा पार्टी निकटका जनवर्गीय सङ्गठनका तर्फबाट बैठक, भेला, सदस्यता नवीकरणलगायत सबै प्रकारका कार्यक्रम स्थगित गर्ने र लकडाउनको पालना गरी स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थालगायत राज्यका आधिकारिक निकायहरुसँगको समन्वयमा सचेतना, पूर्वतयारी र सहयोगका लागि स्वयंसेवकको भूमिकामा परिचालित हुने भनी निर्देशन दिएको छ ।

सर्कुलरमा हवाई वा स्थलमार्गको प्रयोग गरी विदेशबाट आएका कुनै पनि व्यक्तिलाई १४ दिनसम्म सेल्फ आइशोलेसन वा क्वारेन्टाइनमा रहन प्रेरित गरी त्यस्ता व्यक्तिको लगत सङ्कलनमा सघाइ नजिको स्वास्थ्य चौकीलाई सूचीत र स्थानीय तहमा आवश्यक पूर्वाधार र स्वास्थ्य उपकरणमा सहयोग गर्न भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुरक्षितरुपमा नयाँ वर्ष मनाउन सभापति देउवाको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा फेरि पनि कोभिड–१९ को प्रभाव

प्रतिकूलताका बीच राष्ट्रिय आकांक्षा पूरा हुने उपराष्ट्रपतिको विश्वास

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले कोरोना भाइरसको महामारी नेपालमा चाँडै नियन्त्रण हुने र

राजनीतिक दलहरूबीच समन्वय र समझदारी हुने सभामुखको विश्वास

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिक दलहरूबीच नयाँ वर्ष प्रारम्भसँगै नयाँ समन्वय र

अग्रगामी क्रान्तिकारी वाम ऐक्यबद्धताका लागि प्रचण्डको अपील

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ वर्षसँगै