अस्पतालबाट प्रधानमन्त्रीको ट्वीटः कोरोनासँग जुध्न सार्क सदस्य राष्ट्रहरु एकजुट हुनुपर्छ



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वभर महामारीको रुप लिएको कोरोना भाइरससँग जुध्न दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य राष्ट्रहरु एक हुनुपर्ने बताएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क राष्ट्र मिलेर कोरोना भाइरसविरुद्ध लड्नुपर्ने प्रस्ताव गरेलगत्तै प्रधानमन्त्री ओलीले त्रिवि शिक्षण अस्पतालबाटै ट्विट गर्दै कोरोनाविरुद्ध जुध्न सार्क राष्ट्र एकजुट हुनुपर्ने बताएका हुन् ।

उनले भनेका छन्, ’म प्रधानमन्त्री मोदीजीले राख्नु भएको विचार र प्रस्तावलाई स्वागत गर्दछु । कोरोना भाइरससँग लड्न सार्क राष्ट्रको नेतृत्वले कडा रणनीति बनाउनु आवश्यक छ।’


यसअघि भारतीय प्रधानमन्त्री मोदीले भिडिओ कन्फरेन्स गर्न प्रधानमन्त्री ओलीलाई प्रस्ताव गरेका थिए।
शुक्रबार ट्वीट गर्दै मोदीले मोदीले विश्वभर फैलिरहेको कोरोना भाइरसबारे दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य राष्ट्रहरूले साझा रणनीति बनाउनु पर्ने बताएका छन्।

दक्षिण एसियामा विश्वको ठूलो जनसंख्या बस्ने भएकाले यहाँका नागरिकलाई स्वस्थ राख्न कुनै कसर पनि बाँकी राख्न नहुने मोदीको भनाइ छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बागमती प्रदेशसभाको हिउँदे अधिवेशनको ५७ दिनमा ६ बैठक

  मनहरी ।  बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा ६  वटा मात्रै

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न नसके मुलुकको समृद्धि हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा