भारतीय हस्तक्षेपविरुद्ध एकजुट भएर प्रतिवाद गरौंः सांसद अधिकारी



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सांसद खगराज अधिकारीले सीमा क्षेत्रमा भारतले गरेको ज्यादतीबारे सबै दल मिलेर प्रतिवाद गर्नुपर्ने बताएका छन्। । बिहीबार प्रतिनिधिसभा बैठकमा अधिकारीले सबै दलले सर्वदलिय बैठक बसेर भारतीय हस्तक्षेपविरुद्ध एकजुट भएर प्रतिवाद गर्नुपर्ने बताएका हुन् ।

उनले भारतले लिम्पियाधुरासमेत आफ्नो नक्सामा समावेश गरेर सार्वजनिक गरेपछि सारा नेपाली दुःखी भएका बताए । उनले संसदमा भएका दलले सर्वदलीय बैठक बसेर मिचिएको जमिन फिर्ता ल्याउन पहल गर्न, फौजी हस्तक्षेप मान्य नहुने निर्णय गर्नुपर्ने बताए ।

उनले भने, ‘हामी भन्न चाहन्छौं नेपालीलाई अर्काको एक इन्च जमिन लिन पनि चाहिदैन । आफ्नो सीमामा एक इन्च हस्तक्षेप भयो नेपाली चुप लागेर बस्न बस्दैनौं । नेपालले कुटनीतिक नोट पठाइसक्यो तर अर्को पक्ष त्यसको वास्ता गर्दैन । नेपालीहरु आफ्नो जमिन फिर्ता ल्याउन सम्पूर्ण रुपमा अगाडि बढ्नेछन् । नेपाली जोगाउनका लागि अन्तिमसम्म लडिरहन्छौं।’

उनले प्यारो नेपाल जोगाउन अन्तिम समयसम्म लडिरहने बताए । प्रतिनिधिसभाको बिहीबारको कार्यसूचीबाट कालापानीबारे संकल्प प्रस्ताव पेश गर्ने विषय हटेपछि अधिकारीले संसदमा यस्तो कुरा उल्लेख गरेका हुन् ।

भारतले आफ्नो नक्सामा समावेश गरेको नेपाली भूमि लिम्पियाधुरासहित कालापानी क्षेत्र फिर्ता ल्याउन माग गर्दै प्रतिनिधिसभामा दर्ता भएको संकल्प प्रस्ताव पेश गर्ने गरी संभावित कार्यसूची तय भएको थियो ।

तर, अन्तिममा आएर कार्यसूचीबाट हटाइएको हो । पूर्वमन्त्री खगराज अधिकारीले संकल्प प्रस्ताव दर्ता गरेका थिए । रामकुमारी झाँक्री समर्थक रहेको प्रस्तावमा कालापानी क्षेत्रमा रहेका भारतीय सेना हटाउनुपर्ने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एमाले र कांग्रेसको समीकरण बन्न सक्दैनः अध्यक्ष ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले बनेको सत्ता समीकरण स्वार्थसिद्धिका

बागमतीमा ४ दलबीच ५ बुँदे सहमति, हानेपाबाट बज्राचार्य बने मन्त्री

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यले पद तथा गोपनियताको शपथ लिएका

इलाम-२ मा मिलन लिम्बूलाई उम्मेदवार बनाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि मिलन

राष्ट्रियसभा उपाध्यक्ष अर्याललले दिइन् पदबाट राजीनामा

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । उनले बिहीबार