आत्महत्या दुरुत्साहन मुद्दामा उत्तम सञ्जेलकी पत्नी कलासहित तीनै जनालाई सफाई



काठमाडौं । समता स्कूलका संचालक उत्तम सञ्जेलकी पत्नीसहित तीनजनाले आत्महत्या दुरुत्साहन मुद्दामा सफाइ पाएका छन् । बौद्ध कुमारीगालस्थित समता स्कुल र समता अस्पतालका संचालक सन्जेल पत्नी कलासहित तीनजनालाई आत्महत्या दुरुत्सान मुद्दामा काठमाडौँ जिल्ला अदालतले सफाइ दिएको हो ।

अदालतले कला, अस्पतालमा कार्यरत तीर्थकुमारी र विद्यार्थी संगीतालाई पनि सफाइ दिएको छ । न्यायाधीश कमलप्रसाद पोखरेलको एकल इजलासले आत्महत्या दुरुत्साहन मुद्दामा अभियोगको दाबी नपुग्ने ठहर गर्दै सन्जेलसहितलाई सफाइ दिएको हो ।

बौद्धस्थित समता अस्पतालमा कार्यरत रामेछापको दोरम्बाकी २७ वर्षीया बिमला तामाङले नौ महिनाअघि आत्महत्या गरेपछि कला सञ्जेललविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा चलाइएको थियो । समता स्कुलले नेपालभरका ६५ वटा विद्यालयमार्फत मासिक एक सय रुपैयाँमा शुल्कमा शिक्षा दिँदै आएको छ । साथै समता अस्पतालले पनि एक सय रुपैयाँमै स्वास्थ्य सेवा दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रास्वपाको ऊर्जा तथा जलस्रोत विभागको अग्रसरतामा चोभार गल्छीको भविष्यबारे नीतिगत संवाद

काठमाडौं । देशको जलस्रोत व्यवस्थापन र वातावरणीय संरक्षणका दृष्टिले अति संवेदनशील चोभार गल्छीको

अध्यात्मको मार्गमा गुरु किन चाहिन्छ ?

अध्यात्म विकासमा गुरुको मार्गनिर्देशन चाहिनुमा खास कारण छ । भौतिक जगतको जीवन राजमार्ग

नयाँ नेपालका नेता कस्तो हुनुपर्छ ?

-डा. रामकृष्ण तिमल्सेना सच्चा नेतृत्व त्यो हो, जसले शक्ति होइन, सेवामा गरिमा खोज्छ,

११ कक्षामा किन दिउँसोको सिफ्टमा नै भर्ना गर्ने ?

एसइइको नतिजा आएको केहि दिन भएको छ । यति बेला अभिभावक तथा एसइइ