‘प्रकृति र पुर्खाले आर्जेको यस्तो सुन्दर देशबाट युवा खाडी मुलुकमा पसिना बगाउन जानुपर्ने बाध्यताको अन्त्य गर्नुपर्छ’



काठमाडौं । राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले व्यवहारमै आर्थिक विकास र समृद्धिको कार्यभार पूरा गर्नुको बिकल्प नभएको बताएका छन् । बुधबार राष्ट्रियसभा सदस्यमा सपथ ग्रहणपछि बसेको राष्ट्रियसभाको बैठकमा श्रेष्ठले प्रकृति र पुर्खाले आर्जेको यस्तो सुन्दर देश हुँदाहुदै लाखौँ युवा खाडी मुलुकमा पसिना बगाउन बाध्य भएको भन्दै अब त्यस्तो अवस्थाको अन्त्य गर्नुपर्ने बताए ।

नेकपालाई नेपाली जनताले बहुमत दिएको र सरकारले पनि संघीयता कार्यान्वयनका लागि गुणात्मक काम अघि बढाएको भन्दै नेपाली समाज र जनजीवनलाई सकारात्मक दिशातर्फ अघि बढाइरहको उनले बताए ।

उनले राष्ट्रिय एकताका सवालमा भारतले मिचेको लिम्पियाधुराको नेपाली जमिन फिर्ता गर्न पहल गनुपर्ने, लोकतन्त्रका आधारभुत मान्यतालाई विकास गर्दै प्रतिगमनका सारा षड्यन्त्र असफल पार्नुपर्ने पनि बताए ।

श्रेष्ठले देश विकासका लागि एक पक्षले अर्को पक्षलाई दोष दिएर नभई आत्मसमीक्षासक्नुपर्ने र समृद्धिको यात्रामा हातेमालो गर्नुपर्नेमा जोड दिए । बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका नेता दीनानाथ शर्माले राष्ट्रिय अभियानलाई अघि बढाउन सवैले आफ्नो दायित्व बुझ्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ओलीको खोक्रो राष्ट्रवादले देश अराजकताको भूमरीमाः प्रचण्ड

काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओली खोक्रो

प्रदेश सरकारले शिर ठाडो हुनेगरी काम गरिरहेको मुख्यमन्त्री पौडेलको दाबी

हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले वाग्मती प्रदेश सरकारले शिर ठाडो हुनेगरी

राजनैनिक तथा कुटनैतिक सवै रुपमा सरकार असफलः डा. लोहनी

मोरङ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री ओलीका कारण प्रजातन्त्र धरापमा

विगतमा लडाकुका रकमका नाममा वा निर्वाचनका नाममा गरिएका जस्ता अनियमिततता अब हुँदैनः प्रधानमन्त्री

काठमाडौं । नेकपाको ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै