राजनीति गरिन्छ जुवा खेलिन्न : उपप्रधानमन्त्री पोखरेल



काठमाडौं । सत्तारुढ नेकपाभित्र संविधान संशोधनको बहस सुरु भएको छ । माधव नेपालको संयोजकत्मा कार्यदल गठन गरिएको कुरा पनि आएको छ । तर कार्यदल गठन गरिएको कुरा कतिपय नेताले अस्वीकार गर्दै आएका पनि छन् ।

खासमा संविधान संशोधन वामदेव गौतमलाई प्रधानमन्त्री बनाउनका लागि भनिएको छ । गौतमलाई राष्ट्रियसभा सांसद बनाएर प्रधानमन्त्री बन्ने बाटो खोल्न संविधान संशोधन गर्ने नेकपाको प्रयासको चर्को विरोध हुँदै आएको छ । कार्यदलका सदस्य तथा पूर्व सभामुख सुवास नेम्वाङ र अर्का सदस्य खिमलाल देवकोटाले के का लागि संविधान संशोधन भन्दै कार्यदलमा बस्न अस्वीकार गरिसकेका छन् ।

संशोधनको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले पनि विरोध जनाएका छन् । मन्त्री पोखरेलले सामाजिक सञ्जाल ट्वीटरमार्फत असन्तुष्टि पोखेका छन्।


यता पार्टीको भातृ संगठनले पनि संविधान संशोधनको विरोध गर्दै त्यसकाविरुद्ध सशक्त रुपमा उभिने घोषणा गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आगलागी पीडितको बसोबासको यथोचित प्रवन्ध गर्न सरकारसँग देउवाको माग

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता कार्यकर्तालाई आगलागी प्रभावितको राहत

शक्तिमा रहँदा मात्तिनेहरु सकिन्छन्ः माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाज

प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक(एडिबी)का उपाध्यक्ष इङमिङ

नेपालको विद्युत प्रशारण लाइन निर्माणमा लगानी गर्ने चिनियाँ लगानीकर्ताको चाहना

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी