महिलाका यौन इच्छाहरुलाई प्रभाव पार्ने कुराहरु



पुरुषका लागि यौन जैविक आवश्यकता हो
प्राकृतिक रूपमै पुरुष र महिला यति बिघ्न भिन्न छन् कि पुरुषका लागि महिला र महिलाका लागि पुरुष आजीवन रहस्यको विषय हुन् । अनेक सन्दर्भमा जस्तै यौन व्यवहारका सन्दर्भमा पनि पुरुष र महिलामा निक्कै भिन्नता छ ।

पुरुषका सन्दर्भमा यौन जैविक आवश्यता हो । यही कारण पुरुष महिलाका तुलनामा धेरै पटक यौन इच्छा राख्न चाहने हुन्छ । उनीहरुले आफ्नो यौन ईच्छा महिलाले झैं दबाउन सक्दैनन् । महिलाको शरीर मात्रै दखेर पनि पुरुषमा यौन इच्छा सहजै जाग्छ । पुरुष र महिलाको सम्बन्धका सन्दर्भमा पुरुषका लागि यौन यति बिघ्न महत्वको कुरा हो कि उनीहरूका लागि यौन नै सम्बन्ध बिस्तारको आधार हो । आफ्नो व्यक्तित्वको भावनात्मक पक्ष पोख्ने माध्यम हो । त्यसैले पहिलो पटक कुनै महिलासँग भेटिएको अवस्थामा कुनै भावनात्मक सम्बन्ध नभइकनै पुरुषले यौन संम्बन्धमा सन्तुष्टि लिन सक्छन् ।

महिलाका यौन व्यवहार बाहिरी कुराबाट प्रभावित हुन्छ 
पुरुषको यौन व्यवहार जति सहज र प्रष्ट हुन्छ, महिलाका यौन व्यवहार त्यति नै जटिल हुन्छन् । पुरुषको झैं महिलाका यौन व्यवहार जैविक आवश्यकता मात्रै होइन । पुरुषको जस्तै तत्क्षणको आनन्द भन्दा महिलाका लागि यौन सम्बन्ध भनेको अन्तरङ्ग संवाद गर्न सक्ने नजिकपन र भावनात्मक सम्बन्धको विकास पश्चात हुने कुरा हो । महिलाको यौन ईच्छालाई अनेकन कुराले प्रभाव पार्छ । तत्क्षणको अवस्था कति मनोरम र सुरक्षित छ, आफ्नो पुरुष साथीले कस्तो व्यवहार र संवाद गर्दैछ जस्ता कुराले महिलाको यौन ईच्छालाई प्रभाव पार्छ ।

अनेकन अध्ययनहरूले के देखाएको छ भने महिलाका यौन व्यवहारलाई समाजिक परिवेश र संस्कारले समेत असर गरेको देखिएको छ । विभिन्न कुराहरूले महिलाका यौन व्यवहारलाई असर पार्ने हुँदा पुरुषको यौन व्यहार सधैँ उस्तै भइरहँदा महिलाका यौन व्यवहार परिवर्तन भइरहन्छन् । जस्तै धर्मकर्ममा लाग्दै गर्दा महिलामा यौन इच्छामा कमी हुँदै जान्छ । यौनिक रूपमा संक्रिय साथीहरूको संगतले महिला यौन मामिलामा सक्रिय हुँदै जाने हुन्छ । उच्च शैक्षिक यौग्यता भएका महिला यौन सम्पर्कका दौरान विभिन्न प्रयोग गर्न मन पराउने गरेको समेत पाइएको छ ।

पुरुष र महिलाका यौन इच्छाको सन्दर्भमा गरिएको एक अध्ययनमा पुरुष र महिलाहरूलाई बयस्क चलचित्र देखाइयो र उनीहरूको उत्तेजना नाप्न योनाङ्गमा उपकरण राखिएको थियो । पुरूषहरू महिला र महिला अनि पुरुष र महिलाबीचको यौन क्रियाकलापको दृश्य हेरेको बेला मात्रै उत्तेजित भए । तर महिलाहरू भने महिला र महिलाबीचको यौन क्रियाकलापको दृश्य हेरेर मात्रै नभई जनावरहरूको यौन क्रिया हेरेर समेत उत्तेजित भएको पाइयो । अनि समलिंगीहरूको हकमा पनि पुरुष समलिंगी महिला र महिलाबीचको दृश्य हेर्दा उत्तेजित भएनन् तर महिला समलिंगी भने पुरुष र पुरुषबीचको दृश्य हेर्दा पनि उत्तेजित भए ।

किन पुरुष र महिलाबीचको यौन व्यवहार यति भिन्न छ त ?
यस विषयमा दुख्खल राख्ने वैज्ञानिकहरूका अनुसार पुरुष र महिलाको यौन व्यवहारमा यो बिघ्नको भिन्नता आउनुमा महिलाको बच्चा जन्माउने क्षमता जिम्मेवार छ । यौन सम्पर्क पश्चात पुरुष स्वतन्त्र हुन्छ तर महिलाले बालकलाई जन्म दिन सक्ने अवस्था आउन सक्छ । जसका कारण पुरुषको यौन कर्म जैविक कुरा मात्रै हो । सम्पर्क पश्चात कुनै जोखिक आई नपर्ने कारणले पुरुषमा धेरै पटक र तिब्र रूपमा यौन ईच्छा जाग्ने हो । तत्क्षणको सन्तुष्टि नै उनीहरूका लागि प्रधान उत्तपे्ररक पक्ष हो ।

महिलामा यौन ईच्छा कम हुनु र तिनको यौन व्यवहारलाई अन्य कुराले प्रभावित पार्नुको करण चाहिं तिनीहरू गर्भवती भएको अवस्थामा र बच्चा जन्मेको अवस्थामा तिनीहरूलाई लामो समयसम्म अरुको साथ र सहयोग चाहिन्छ । यसकारण महिलाका लागि यौन व्यवहारमा भावनात्मक सम्बन्धले महत्व राख्छ । अनि बच्चा जन्माउनु त जैविक कुरा हो तर बच्चाको लालनपलन निक्कै नै महत्वपूर्ण समाजिक दायित्व हो । तसर्थ महिलाका यौन जीवनमा जैविकता बाहेक अन्य धेरै कुराले प्रभाव पार्छ ।

यसको अर्थ पुरुषले भावना, माया र समिप्यतालाई लत्याउँछ भन्ने होइन । महिलाका तुलनामा पुरुषमा ति कुराको कमी हुन्छ मात्रै भनिएको हो । त्यस्तै विभिन्न अध्ययनहरूले केही पुरुष यौन व्यवहारका सम्बन्धमा महिला जत्तिकै भावनात्मक हुने गरेको पाइएको छ भने केही महिलाका यौन व्यवहार पुरुषको जस्तै हुने गरेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
फागुन १ गतेदेखि गोपीकृष्ण सिनेमा हल बन्द हुने

काठमाडौं । २०५२ सालदेखि सञ्चालनमा आएको काठमाडौंको चाबहिलस्थित गोपीकृष्ण मुभिज् आगामी फागुन १

कीर्तिमानी हरि बुढामगरलाई विद्यार्थीहरुका माझमा डिक्यानद्वारा बधाई तथा सम्मान

काठमाण्डाै, दुवै खुट्टा गुमाएका कीर्तिमानी सगरमाथा आराेही हरि बुढामगरलाई डिफेन्स करिअर एकेडेमी नेपाल(डिक्यान)ले

के हो सुन्दरता ?

भेषराज कार्की, काठमाडौँ । सुन्दरता के हो ? बाहिरी जरुरी छ कि भित्री

‘दुई कदम’को मुस्ताङमा छायाँकन हुँदै

काठमाडौं । उदय सुब्बाको निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘दुई कदम’को छायाँकन यतिवेला धमाधम