आलमलाई थप आठ दिन थुनामा राख्न अदालतको अनुमति



रौतहट । जिल्ला अदालत रौतहटले हत्या आरोप लागेका नेपाली कांग्रेस सांसद मोहम्मद अफताव आलमलाई थप ८ दिन थुनामा राख्न अनुमति दिएको छ ।

न्यायाधीश केशव पाण्डेको इजलासले अनुसन्धानका लागि तेस्रोपटक ८ दिनको म्याद थप गरेको हो । प्रहरीले १० दिन थुनामा राख्न अनुमति माग गरेको भए पनि अदालतले ८ दिनको म्याद थप गरेको हो।

यसअघि सुरुमा ७ दिन र त्यसपछि ५ दिन थुनामा राख्न अदालतले अनुमति दिएको थियो। संविधानसभाको पहिलो निर्वाचन २०६४ को पूर्वसन्ध्यामा आलमले बनाउन लगाएको बम पड्किँदा घाइते भएका दर्जन बढी मानिसलाई जिउँदै इँटाभट्टामा जलाएर मारेको आरोप उनीमाथि लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कसैको नक्कल होइन, आफ्नै मौलिकताको सम्मान गर्न सिके पुग्छ

डा. गोविन्दशरण उपाध्याय । मौलिक संस्कारहरू विकास र प्रगतिमा बाधक हुँदैनन् बरू मौलिक

सिंहदरबार त झन् त्यही चाहन्छ, जे बालेन चाहन्छन्

नारायण गाउँले । बिदाका दिन सरकारी गाड़ी चलाउन नपाइने नियम सिंहदरबारमा बस्नेहरूले खुसीसाथ

उमेर होइन, दिमागको विज्ञानले दुनियाँ बदल्छ

डा. युवराज संग्रौला । समाजको विकासक्रममा, १. सामन्तहरु उदाए, उनस्हरु जमिनमा अरुलाइ काम

व्यावसायिक बाख्रापालनमा कम्प्युटर इन्जिनियर

स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ वेल्टारीका त्रिभुवन न्यौपानेले उन्नत जातका बाख्रापालन गरेर मनग्य